सहबान अन्सारी
नवलपरासी,३ माघ
नवलपरासीमा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह माघ ९ गतेसम्मको लागी स्थगित गरिएको छ ।
सोमवार जिल्ला प्रशासनले सुचना जारी गर्दै कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोभिड-१९ पोजिटिभ देखिएको हुदाँ अत्यावश्यक काम बाहेक अन्यसेवाहरु नागरिकता,नागरिकता प्रतिलिपी,राहदानी र राष्ट्रिय परिचय पत्र सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।















