नवलपरासी, ३ माघ ।
नवलपरासी जिल्ला प्रहरीले छापामारी गरि सरावलमा भारी मात्रामा जडिबुटी लगायतका सामान बरामद गरेकाे छ ।
अवैध रूपमा भारततर्फ निकासीका लागि तयारी अवस्थामा राखिएकाे साे जडिबुटी नियन्त्रणमा लिइ कार्वाहीका लागि जिल्ला वन कार्यालय नवलपरासीलाइ जिम्मा लगाइएकाे जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक मनाेज कुमार यादवले बताए । यादवका अनुसार भ्याउ र अर्काैली नाम गरेकाे बहुमूल्य जडिबुटी रहेकाे हाे ।
घटनास्थल सरावल गाउंपालिकाकाे भुजहवा स्थित भन्सार कार्यालय स्थित लक्ष्मिपुर टाेलमा पुगेकाे वन कार्यालयका कर्मचारीहरू बरामद गरिएकाे साे मालसामान नियन्त्रणमा लिइ परासी लैजानका लागि टेक्टरट्रालीमा लाेड भैरहेकाे सम्बद्ध कर्मचारीले बताए । घटनास्थलमा सयाैंकाे संख्यामा प्रहरी तैनात गरिएकाे छ ।
लाेड गरिएकाे साे सामान वन कार्यालय परासी ल्याइ सकिएपछि मात्र मालसामानकाे परिमाण खुल्न सक्ने सहायक वन अधिकृत डिलाराम पाैडेलले अनलाइन जनतासंग बताए ।





