9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

एमालेको आठौं महाधिवेशनमा अध्यक्ष पदमा मनोज गुप्ता द्वारा उम्मेद्वारीको घोषणा

- Advertisement -

 

राजन कुमार बानिया
पर्सा ,२५ पुष
नेकपा एमाले का पर्सा जिल्ला सचिब मनोज गुप्ताले यसै महिनाको २७ र २८ गते बीरगंजमा हुने आठौं जिल्ला अधिबेशनमा आफु अध्यक्ष पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा आज आयोजित पत्रकार सम्मेलन मार्फत उनले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेपनि सहमति हुन्छ भने त्यसको बाधक नबन्ने जानकारी समेत गराएका छन
पत्रकार सम्मेलनमा नेकपा एमाले पर्साका सचिव एव छिपरमाई गाउँपालिकाको अध्यक्ष समेत रहेका गुप्ताले पर्साको सबै तहका जनताको चाहाना, बिचार र समस्याको समाधानको लागि सुखि र खुशी पर्सेलीको अवधारणा पुरा गर्न पनि आफु अध्यक्ष बन्नुपर्ने धारणा राखे ।
उनले आफु २०५७ सालको एमालेको पार्टी सदस्य भएको हुनाले पनि अध्यक्षमा स्वभाबिक दाबेदारी रहेको जानकारी गराउनुहुँदै आउँदा दिनमा हुने तिनै तहको निर्बाचनमा पर्सामा एमालेलाई पहिलो शक्ति को रुपमा बनाउने, सबै संगठित सदस्यहरुको अभिलेखीकरण गर्न अलग्गै मोबाइल एप्स बनाउने,पुराना अगूवा नेताहरुको अनुभव र नयाँ जोस र जँगरको समन्वय गर्ने, कार्यकर्ता कल्याणकोष निर्माण गरि समस्यमा परेका कार्यकर्ताहरुको लागि कोष परिचालन गर्ने, पार्टीका नेता कार्यकर्तालाईै बैचारिक रुपमा दृढ बनाउन नियमित प्रशिक्षण सन्चालनमा ल्याउने पार्टी कार्यलयलाई प्रबिधि र सुबिधा सम्पन्न बनाइने जस्ता प्रतिबद्धता समेत ब्यक्त गरेका छन।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme