भीरबाट लडेर युवककाे मृत्यु

19

दार्चुला, २२ कात्तिक

शैल्यशिखर नगरपालिका-८ बाबिया फगाला भिरबाट लडेर कञ्चनपुर भिमदत्त नगरपालिका-९ मटेला घर भएका २६ वर्षीय रुपेश राना मगरको आइतबार दिउँसो मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारस्थित आफन्तकोमा आएका बेला सोही नगरपालिका-७ बन्तेली मेला हेरेर फर्केने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।