भारतमा कोरोनाबाट मृत्यु हुने प्रत्येकका आफन्तलाई क्षतिपूर्ति

52

नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले कोरोना संक्रमणबाट मृत्यु भएका प्रत्येक व्यक्तिका आफन्तलाई ८० हजार उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ। मृत्यु भएका प्रतिव्यक्तिका आफन्तलाई ५० हजार भारु अर्थात नेपाली ८० हजार रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो।

यसअघि भारतको विपद् व्यवस्थापन कानुनअनुसार सरकारले कोभिड-१९ बाट ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको थियो। तर सो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन।

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा ४ लाख ४७ हजार जनाको संक्रमणबाट मृत्यु भएको छ । प्रत्येक मृतकका आफन्तलाई क्षतिपूर्ति स्वरुप सो रकम उपलब्ध गराउन सोमबार सर्वोच्चले आदेश दिएको हो।

न्यायधीश एम.आर. शाहले बीबीसीसँग भने, ‘कोरोनाका कारण मृत्यु भएका प्रत्येकका आफन्तलाई क्षतिपूर्ति स्वरुप रकम उपलब्ध गराउन सरकारलाई आदेश दिइएको छ। आवेदन दिइएको एक महिनभित्र क्षतिपूर्ति दिलाइनेछ।’ रकम केन्द्र र प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने समेत शाहले बताएका छन्।

काेराेना विशेष थप समाचार