नेपाल-भारत संयुक्त पूर्वाधार कार्यान्वयन समिति बैठक सञ्चालन

82

काठमाडौँ, १४ असाेज ।

नेपाल–भारत संयुक्त पूर्वाधार कार्यान्वयन समितिको बैठक बिहीबार हुने भएको छ ।

संयुक्त बैठकमा भारत सरकारबाट नेपाल सरकारलाई विकास निर्माण पूर्वाधारमा भएका सहयोगको कार्यान्वयन, प्रगति र समिक्षा हुने गर्छ । नेपालमा भारतीय सहयोग मार्फत् २०७२ सालपछि विभिन्न स्थानमा घर, विद्यालय भवन र सांस्कृतिक सम्पदा निर्माणको लागि सहयोग भएका छन् भने हुलाकी राजमार्गसहित अन्य पूर्वाधार निर्माणमा पनि सहयोग रहँदै आएको छ ।

नेपालको तीनदिने भ्रमणमा मंगलबार काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवको नेतृत्व भारतीय टोली र नेपाली पक्षबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीले गर्ने भनिएको छ ।

श्रीवास्तव बुधबार काभ्रेमा

बुधबार दिउँसो श्रीवास्तव भारतीय सहयोगमा काभ्रेमा निर्माण सम्पन्न भएका भवन अनुगमन गरिएकाे छ । उनीसहित काभ्रेका जनप्रतिनिधिहरु गोकुलप्रसाद बाँस्कोटा र गंगाबहादुर तामाङ तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्मा संलग्न रहेका छन् । काभ्रेमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरु निर्माण गरिएका छन् । यी भवन संरचनाहरूकाे निर्माणमा भारतकाे १९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप आजाद माध्यमिक विद्यालय (बनेपा), भगवती माध्यमिक विद्यालय (पाँचखाल), आजाद माध्यमिक विद्यालय (पाँचखाल), दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), शारदा माध्यमिक विद्यालय (पनौती) र खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) का विद्यालय निर्माण भएकाे काठमाडौंस्थित भारतीय दूतावासले जनाएकाे छ । यसबाट २ हजारभन्दा बढी विद्यार्थीहरु लाभान्वित हुने छन् ।

शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने दूतावासले नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्‍याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार यी विद्यालय निर्माण गरिएका हुन् ।

यस्तै भारतले अन्य आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौंमा पनि विद्यालयहरु निर्माण गरेको छ । हालसम्म १४ वटा विद्यालयको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।