मदार मेला १२ गते देखि सुरु हुदै

10

नन्दु यादव, फागुन १०

नवलपरासी पश्चिम नवलपरासी काे सुु्स्ता गाउपालिकाकाे वडा न २ मा अवस्थित हिन्दु र मुस्लिमहरुकाे साझा धार्मिक स्थलकाे रुपमा रहेकाे मदार स्थानमा याहि फागुन १२ गते देखि मेला सुरु हुने भएकाे छ ।

मेला फागुन २० गते सम्म सन्चालनमा रहने बताईएकाे छ । मदार बाबाकाे ६०२ बार्षिक उत्सव (उर्ष)काे अवसर मेला सन्चालन हुन लागेकाे अायाेजकले जनाएकाे छ। कुतबल मदार साह दरगाह कमिटी सुस्ता२काे अायाेजनामा हुन लागेकाे मेलामा भक्त श्रध्दालुहरुकाे सुरक्षा र सुबिधाकाे लागि निशुल्क अाैषधि, खानेपानी, शाैचालय, बासस्थान, सुरक्षाकर्मी, स्वयसेवक र गाडिहरुकाे लागि पार्किङकाे ब्यवस्थापनकाे तयारी अन्तिम चरणमा पुगेकाे कुतबुल मदारसाह दरगाह कमिटीकाे अध्यक्ष निजामुदिन मियाले बताउनु भयाे ।

सुस्ता गाउपालिकाकाे महलबारी गाउबाट करिब ९ किलाेमिटर दुरि मदारीडाडामा रहेकाे मदारस्थानमा बर्षेनि लाखाै मानिसहरुकाे भिड लाग्दै अाएकाे छ । बच्चा नपाएकाे परिवारले भाकल पछि बच्चा पाउने ,कुष्ठराेगि हरुले भाकल गरे पछि कुष्ठ राेग निकाे हुने र भुतप्रेत काे समस्या समाधान हुने जस्ता कुराहरुलाई मानिसहरुमा धार्मिक बिश्वास रहेकाे छ ।

यसबर्ष नेपाल बन्द हडताल नरहेकाेले मेलामा लगभग १० लाख भक्त जनहरु ले मेलाकाे अवलाेकन गर्ने अनुमान रहेकाे समितिका सचिव अजमुदिन असारी ले बताउनु भयाे । मेलामा बिहार, झारखण्ड, बग्ङाल, मध्यप्रदेश, दिल्ली र नेपालकाे काठमाडौ स्याङ्जा लगायत स्थानिय भक्तश्रध्दालुकाे सहभागीता हुने बताईएकाे छ ।