35.6 C
New York
Sunday, July 5, 2026

Buy now

spot_img
spot_img

वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको खेलकाे आयव्यय सार्वजनिक

spot_img
- Advertisement -

बर्दघाट ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर –४  बाढीपीडितमा सम्पन्न चौथो अन्तरवडास्तरीय खुला फुटबल प्रतियोगिता ‘वडा अध्यक्ष कप – २०८२/०८३ बाट रु. २ लाख ३५ हजार १८५ बचत भएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरेको हो।
बर्दघाट नगरपालिका–४ वडा कार्यालयको संरक्षकत्व तथा  नवजीवन युवा क्लब को आयोजनामा बाढीपीडितस्थित साविक माकर गाविस भवन नजिक रहेको खेलमैदानमा  जेठ ९ देखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको थियो।
आर्थिक संयोजक शिव चालिसेका अनुसार खेल सामग्री, रेफ्री तथा प्राविधिक व्यवस्थापन, मञ्च व्यवस्थापन, पुरस्कार, प्रचार–प्रसार र यातायात लगायतकाविभिन्न शीर्षकमा खर्च गरिएको प्रतियोगिताबाट रु. ६ लाख २२ हजार ९३० आम्दानी भएको थियो भने रु. ३ लाख ८७ हजार ७३५ खर्च भएको बताउनुभयो ।
क्लबका अध्यक्ष चित्र बहादुर भण्डारीले प्रतियोगिताको उद्देश्य स्थानीय खेल प्रतिभाको विकास, युवालाई खेलकुदप्रति प्रोत्साहन र खेलमैदानको प्रवर्द्धन रहेको बताउनुभयो। भण्डारीले बचत भएको रकम सामाजिक तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यमा खर्च गरिने जानकारी पनि दिनुभयो।
खेल संयोजक गुप्त बहादुर सारु ले प्रतियोगिताकालागि वडा नं. ४ काे कार्यालयबाट रु. ३ लाख सहयोग प्राप्त भएको जानकारी दिनुभयो। प्रतियोगितामा विजेता टोलीले रु. ६१ हजार र उपविजेता टोलीले रु. ३१ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए।
यस्तै उत्कृष्ट खेलाडी, हाई स्कोरर, बेस्ट डिफेन्डर र बेस्ट किपरलाई जनही रु. ३ हजार १०० तथा अनुशासित टोलीलाई रु. ५ हजार १०० पुरस्कार प्रदान गरिएको थियो।
पत्रकार सम्मेलनमा वडा सदस्य जनक रावलले खेल पूर्वाधारको संरक्षण र कानुनी प्रक्रिया पूरा गरी सञ्चालनमा रहेका क्लब तथा खेलमैदानलाई निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।  कार्यक्रमकाे संचालन क्लवका सल्लाहकार पूर्ण बहादुर थापाले गर्नुभएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme