11.2 C
New York
Saturday, May 2, 2026

Buy now

spot_img
spot_img

शीतल निवासमा बोलाइएको अन्तरिम सरकारसम्बन्धी वार्ता दिउँसो दुई बजेलाई सर्‍यो

- Advertisement -

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ९ बजे तय गरिएको अन्तरिम सरकार गठनसम्बन्धी वार्ता आन्तरिक तयारीका कारण सारिएर अब दिउँसो २ बजे सुरु हुने भएको छ।

राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, वार्ता सारिनुको मुख्य कारण “आन्तरिक तयारी” नै हो।

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकार गठनसम्बन्धी विषयमा संविधानविद्, कानुनविद्, राजनीतिक दलका शीर्ष नेता तथा जनजागरण (जेनजी) आन्दोलनका प्रतिनिधिहरूसँग निरन्तर छलफल गर्दै आएका छन्। बिहीबार रातिदेखि सुरु भएको सर्वपक्षीय छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा प्रारम्भिक सहमति भए पनि संवैधानिक प्रक्रिया अस्पष्ट भएकाले अन्तिम निष्कर्षमा पुग्न सकिएको छैन। संविधानको धारा ७६ अनुसार प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य हुनुपर्ने प्रावधानले प्रक्रिया जटिल बनाएको स्रोतले जनाएको छ।

यही विषयमा राष्ट्रपति पौडेलले संविधानको धारा ६१(४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाउ’ अधिकार प्रयोग गर्ने सम्भावनाबारे संविधानविद् डा. भीमार्जुन आचार्य, डा. विपिन अधिकारीलगायतसँग परामर्श गरेका छन्।

यसैबीच, संसद् विघटनको मागसहित आन्दोलनरत जेनजी युवाहरूले राजनीतिक संवादमा निरन्तर दबाब कायम राखिरहेका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme