नवलपरासी । नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा ठप्प भएको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको हो । भासिएको सडक मर्मतकाे काम थालीएकाे छ, राती नै ठुला मेशिन परिचालन गरिसकिएकाे छ ।
यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । मंगलवार बिहान ११ बजे मात्र दुइतर्फी बाटाे सञ्चालन हुन पाएकाे थियाे ।















