शंकराचार्य आज नेपाल आउँदै

74

काठमाडौं । भारतको उडिसा जगन्नाथपुरीस्थित गाेवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती बिहीबार काठमाडौं आइपुग्दै हुनुहुन्छ ।

महाशिवरात्री पर्वको मूख्य अतिथिको रुपमा उहाँ नेपाल आउन लाग्नु भएको हो ।

दश सदस्यीय टोलीसहित आउने शंकराचार्यले तीन दिने लिङ्गपुराण, वेदपुराण, वेद, संस्कृत आचरण, वैदिक गणितबारे प्रवचन तथा व्याख्यात्मक प्रवचन दिनु हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषले महाशिवरात्रिको अघिल्लो दिन अर्थात भोलि शुक्रबारदेखि शिवरात्रिको भोलिपल्टसम्म पशुपतिमा शंकराचार्य पूजन महोत्सव कार्यक्रम आयोजना गर्ने भएको छ ।