लुम्बिनीमा ठूलो र गहिरो षड्यन्त्र बुन्दै चीनीयाँ शक्ति
विरोध र जुलुसमा सहभागी गराउन काठमाडौं र पोखराबाट ल्याइएका थिए बौद्धमार्गी
लुम्बिनी । लुम्बिनीको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा माघ २१ गतेदेखि २९ गतेसम्म हुने भनिएकाे ‘श्री रामकथा प्रवचन’ कार्यक्रम विभिन्न बुद्धिष्ट सघसस्थाहरुले गरेकाे बिरोधको बावजुद कार्यक्रम ३ दिन पछाडी सारेर भएपनि आज माघ २४ देखी सुरु भएकाे छ । भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापु यतिबेला लुम्बिनीमा छन् । लुम्बिनीमा हिन्दु धर्मको प्रचार गर्न लागेको भन्दै माघ १४ गते धर्मोदय सभाले ज्ञापन पत्र मार्फत विरोध जनाएको थियो । त्यस लगतै विभिन्न बुद्धिष्ट सघसस्थाले पनि विरोध जनाएका थिए ।
लुम्बिनीका स्थानियका अनुसार यो धेरै ठूलो र गहिरो षड्यन्त्र भएको बताउछन । रामकथाको यो विरोध चिनियाँ डिजाइनमा गरिएको स्थानिय युवाहरुकाे भनाइ छ । अहिलेको यो विरोध चिनिया दुतावासबाट सचालित भएको बुझ्न सकिने लुम्बिनीका युवा सुरेश कुमार बताउछन् । उनी भन्छन्, यसको विरोध गरेर चिनियाँले हिन्दू र बौद्धहरूबीच विभाजन गर्न चाहेकाे छ। चिनियाँ चाहन्छन् कि हिन्दू र बौद्धहरू विभाजित भएपछि हिन्दूहरू लुम्बिनी नआओस् र लुम्बिनीमा पर्यटकका कारण सबै पर्यटन र रोजगारीका अवसरहरू गुम्नेछन्। यसले नेपालको अर्थतन्त्रको मेरुदण्ड भाँच्नेछ र नेपाल अन्ततः चिनियाँका सामु झुक्नेछ ।
यसका लागि चिनियाले नेपाली केहि व्सयक्बैतिहरूलाइ माेटाे रकम दिइ परिचालन गरेकाे अाकलन गरिएकाे छ । जसमा सबभन्दा पहिला विरोध जनाउने धर्मोदय सभा लुम्बिनीका अध्यक्ष महेन्द्रमान श्रेष्ठकाे नाम चर्चामा छ । श्रेष्ठ विगतमा लुम्बिनीमा चिनिया राजदुताबासद्धारा सचालित चाइना स्टडी सेन्टरका अध्यक्ष समेत रहेको हुदा सुरेश भन्छन यी चिनियाहरुलाई थाहा छ कि नेपालमा हिन्दु र बौद्धहरु बिच विभाजन भइहाल्यो भने धर्मको नाममा जुनसुकै बेला द्वन्द्व सृजना गर्न निकै सहज हुनेछ ।
यसै विषय लाई लिएर सोमबार लुम्बिनी दिनभर तनावग्रस्त बन्यो। विभिन्न बुद्धिष्ट सघ सस्थाले बिरोध जनाए पछी प्रहरी प्रसासनले समयमै यसलाई रोकी ठुलो दुर्घटना हुनबाट बचायाे । यसै बिच प्रवचनमा सहभागी हुन १ सयभन्दा धेरै देशबाट बापुका हजारौं अनुयायी लुम्बिनी आइसकेका छन् । लुम्बिनी विकास कोषले यो कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भन्दै केही व्यक्तिमा अनावश्यक भ्रम परेको बताएको छ ।
तर, केही बौद्धमार्गीले यसरी कार्यक्रम गर्नु आफ्नो धर्ममाथि अतिक्रमण भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले कार्यक्रमको विरोध गर्दै लुम्बिनी परिसरमा जुलुस निकालेका थिए् ।
विरोध जुलुसमा सहभागी हुन काठमाडौं, पोखरा लगायतका शहरबाट पनि केही बौद्धमार्गी लुम्बिनी आएको बताइएको छ। लुम्बिनी विकास कोषले रामकथा प्रवचनका लागि भन्दै सभाहल भाडामा लगाएको छ ।
लुम्बिनी क्षेत्रमा अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीय बौद्धमार्गीले भने धार्मिक सहिष्णुता कायम गर्न आग्रह गरेका छन् । कार्यक्रमप्रति स्थानीयको सदभाव देखिएको छ । बाहिरबाट आएकाहरूले चर्को विरोध गरेको बताइएको छ ।
लुम्बिनी विकास कोषले विज्ञप्ति निकालेर सदभावको अपिल गरेको छ । लुम्बिनीमा निर्माण भएको हलमा बौद्ध धर्मलाई ठेस नपुग्ने गरी कसैले कार्यक्रम गर्न खोज्दा आपत्ति मान्नुपर्ने कुनै कारण नरहेको भन्दै विज्ञप्तिमा सहयोगका लागि आग्रह गरिएको छ ।
कार्यक्रममा आउने पाहुनाका कारण लुम्बिनी तथा आसपासका ९० प्रतिशत होटल बुक भइसकेका छन् । यसले होटल व्यवसायीमा उत्साह थपेको छ । नौ दिनसम्म चल्ने प्रवचनमा दैनिक ६ हजार भन्दा धेरै सहभागी हुने बताइएको छ ।
आध्यात्मिक गुरु मोरारी बापुको लुम्बिनीमा ९१२औँ’ राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थस्थल एवं प्रमुख स्थानमा प्रवचन दिने कार्यक्रम बनाएका थिए ।
जसअन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो ।
यसअघि, सन् २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसअघि, सन् २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । श्राेतः सिद्धार्थअनलाइन





