नवलपरासी । नवलपरासी प्रहरीले सीमावर्ती क्षाेत्रबाट कपडा लगायतका सामान बरामद गरेकाे छ ।
माघ ८ गते पाल्हीनन्दन गा.पा.- ५ गेर्मा स्थित अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ मो.सा.मा २ बोरामा ल्याउदै गरेकाे २ लाख ७२ हजार २०० को कपडा बरामद गरेकाे नवलपरासी प्रहरीले जनाएकाे हाे ।
राष्ट्रिय अनुसन्धान कार्यालय परासीबाट प्र.स.नि. पशुपतिनाथ चौधरी र प्रहरी चौकी गिर्मी बाट प्र.स.नि. खिमानन्द पराजुलीको कमाण्डमा खटिएको संयुक्त टोलीलाई देखी उक्त कपडा सोही स्थानमा छाडी मानिस मो.सा. लिई फरार भएको बताइएकाे छ ।
बरामद गरीएका सामानमा थान कपडा ३३६ मिटर, साडी १७ पिस, लेडिज सुट ५९ पिस, लुङगी ४५ पिस, ठुलो मोजा १९५ पिस, सानो मोजा ६० पिस रहेको सूचना अधिकारी
प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन् ।
आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने कार्य भइरहेको छ ।





