9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

चिनियाँ नागरिकको बढ्दो आपराधिक गतिविधि

- Advertisement -

काठमाडौं । नेपालमा चिनियाँ नागरिकहरुको अबैध गतिविधि अहिले विभिन्न स्थानमा तथा विभिन्न परियोजनमा फैलिएको छ । नेपाल सरकार र चीन सरकार बिच एउटा् सम्झौता अनुसार काठमाडौं देखी बेईजिङ हवाई उडान शुरु हुने भएको छ ।

हिमालयन एयरलाईन्सले शुरु गर्ने उडान नेपालको ध्वाजा बाहेक रहने छ । नेपाल सरकारलाई यो जानकारी हुँदा पनि उक्त एयर लाईन्समा चिनियाँ लगानी रहेको छ । काठमाडौं र बेईजिङ बिच हुने उडानले  झन अपराधीक गतिविधि बढने सम्भावना पनि बिस्तार हुने छ । जडिबुटीमा चिनियाँहरु अबैध लगानी छ उक्त कारोबार पनि मौल्याउने भएको छ  । नेपाल बाट सस्तो दरमा जडिबुटी किन्ने र नेपाली जनतालाई नै नक्कली जडिबुटी बेच्ने भएको छ ।

नेपालको जडिबुटी सिधा चीन लग्न सहज हुने भएको छ । यसरी नेपाल सिधा उडानको जिम्मेवारी हिमालयन एयरलाई दिदा नेपालले घाटा समेत ब्योहोर्ने भएको छ । नेपालमा  पछिल्लो समय नेपालमा बसेर चिनियाँ नागरिकहरु साइबर अपराधमा संलग्न रहेको घटनाहरु बढेका छन् । २ बर्ष पहिले १ सय २२ जना चिनियाँ नागरिक उपत्यकाका विभिन्न स्थानबाट साइबर अपराधको अभियोगमा पक्राउ परेका थिए ।

चिनियाँ नागरिक नेपालीहरुलाई फकाई धन प्रलोभन पारी अपराधीक गतिविधि गर्दै आएका छ्न पक्राउ परेका ‘दुई चिनियाँको कागजपत्र देखिएको छैन, त्यसैले अध्यागमन कानून अनुसार पनि उनीहरु कारबाहीको भागीदार छन् ‘अन्यको हकमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ, जसको उनीहरुले स्रोत खुलाउन सकेका छैनन् ।  कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको प्रहरीको आशंका छ ।

केही महिना पहिले बुटवल , भैरहवा बाट चिनियाँ नागरिकको मिलिमतोमा अपराधीक कार्यमा सलग्न रहेको खुलासा भएको हो । २ बर्ष पहिले विभिन्न बैंकको एटिएम ह्याकिङ देखि करोडौं रुपैया झिकेका थिए । अपराधीक गतिविधिमा सामिल चिनियाँ नागरिक जहिले पनि नेपाल सरकारलाई ह्याप्ने गरेका हुन । उत्तरी नाका बाट बिना पासपोर्ट , नेपाल सरकारलाई जानकारी नगराई नेपाल छिरेका हुन ।

अबैध प्रवेशले नेपालको राजधानी काठमाडौं असुरक्षित भएको हो । यश बिसयमा जुन सरकार आए पनि चिनियाँ कम्युनिस्ट पार्टीको विरुद्ध केही बोल्ने हिम्मत गर्न नसकेको हो । निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले केही ठोस निर्णय गर्न खोजेको हो । अहिले माओवादी केन्द्र पार्टीका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री छ्न । चिनियाँ अपराधीहरु माथी नकेल लगाउन जरुरी रहेकोे हो ।

नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना समेत सुरक्षा निकायलाई हुने गरेको छ तर पनि पक्राउ गर्न सकेको छैन । नेपालस्थित चिनियाँ राजदुत मार्फत पत्रकार सम्मेलन गरेर विभिन्न बिसयमा जानकारी दिने गरेको छ तर ई अपराधीक गतिविधिमा सामिलहरु बारेमा कहिले पनि पत्रकार लाई जानकारी दिन्न ।

समाचार आए अनि कानम तेल हालेर न सुने जस्तो गरेको हुन्छ । नेपाल सरकारले चीन सरकारलाई पटक पटक ध्यानाकर्षण गराएको छ तर पनि चीनिया सरकार मौन छ । नेपाल सरकारले पटक – पटक चीन सरकारलाई यस्तो गतिविधि गर्न बाट रोक्न अनुरोध गर्दा समेत मौन हुने गरेको छ । नेपालमा ठमेल बजारको विभिन्न पसल, होटेल, डान्सबार, जस्तो कारोबारमा चिनियाँ लगानी रहेको हो तर त्यो अबैध लगानी हो । चिनियाँ नागरिकको अबैध लगानी रोक्न सरकारले कडा कानुन ल्याउन जरुरी रहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme