रंजीत शर्मा, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेशपुरमा राष्ट्रिय भूकम्प दिवस मनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल बि. ओे.पी. हरपुर नवलपरासीको आयोजनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस-२०७९ को अवसरमा प्रभात फेरि कार्यक्रम सम्पन्न गरिएको छ।
पाल्हीनन्दन गाउँपालिका २ हरपुर चोकदेखि महेशपुर भन्सार कार्यालय हुँदै सीमा नाका सम्म र्याली निकाली महेशपुर बसपार्कमा कोण सभामा परिणत भएको थियो। कार्यक्रममा बोल्दै पाल्हिनन्दन गाउपालिका २ का अध्यक्ष जगदीश प्रसाद गुप्ताले २०७२ साल वैशाख १२ गते आएको ठूलो भूकम्पमा धेरै मानिसले आफ्नो ज्यान गुमाएका थिए तर त्यसको क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले धेरै नै सहयोग गरेको तथा राज्यले यो सहयोगलाई उच्य मूल्यांकन गर्ने बताए ।
सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीले धेरै बेघर भएका जनताको सहारा बनेको कुरा सम्पूर्ण देशबासीलाई जानकारी भएको भन्दै आगामी दिनमा भूकम्पद्धारा हुने क्षति न्यूनीकरणका लागि पालिका तथा आम जनताले पुर्व तयारी गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रम २ का वार्ड अध्यक्ष जगदीश प्रसाद गुप्ताको अध्यक्षता तथा १ का वार्ड अध्यक्ष चुलाही प्रसाद यादवको अतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा पाल्हिनन्दन गाउँपालिकाका कार्यपालिका सदस्य लीलावती हरिजन, छोटेलाल पासवान, वडा सदस्य राम सजीवन गुप्ता, विश्वनाथ यादव, आसमा खातुन, इलाका प्रहरी कार्यालय महेशपुरका इन्स्पेक्टर मेघनाथ चापागाईं, सशस्त्र प्रहरी बल हरपुरका इन्स्पेक्टर सुरेन्द्र बोहरा, महेशपुर भन्सार कार्यालयका प्रतिनिधी, पशु कोटेनटाइनका प्रमुख, माइती नेपालका प्रमुख, शंकरपुर प्रावि का प्रधानाध्यापक राजेश प्रसाद प्रजापति, पत्रकार रंजीत शर्मा, ध्रुव नारायण बानियाँ लगायतको उपस्थिति रहेको थियो ।






