अवैध मल र चिनी बरामद

116

नवलपरासी प्रहरीले अबैध रुपमा लुकाई छिपाई राखेको चिनी र मल साेमवार बरामद गरि कार्वाही चलाएकाे छ । प्रहरीले २ लाख ३१ हजारकाे साे सामान पक्राउ गरेकाे जनाएकाे हाे ।

प्रहरीका अनुसार साे मालवस्तुहरू बर्दघाट नगरपालिका वार्ड नं १३ धनेवा स्थित पिताम्बर पौडेलको खाली गोठमा स्टक गरी राखेकाे अवस्थामा राखिएकाे थियाे।

बरामद भएकाे सामानमा करिब १ लाखकाे ३३ बोरा चिनी, करिब ३१ हजारकाे ३८ बाेरा डीएपी मल र करिब १ लाखकाे १ सय २१ बोरा युरिया मल समेत गरि जम्मा रु  २ लाख ३१ हजारकाे सामान बरामद गरिएकाे हाे ।

बराबद गरिएको साे सामान नियन्त्रणमा लिई आवस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ।

प्रहरीले आवस्यक अनुसन्धान भैरहेको जनाएकाे छ ।