टाउकोको ट्युमरको अपरेसन गरेकी आशाले आँखाको ज्योति नै गुमाईन्

72


रमेश बहादुर सिह बझाङ

बझाङ जयपुथ्वी नगरपालिका-१ कैलाश पिमी घर भएकी आशा कुमारी सिहंको आखाको ज्योति नै गुमेकाे छ।

करिब दुई बर्ष अगाडि भारतमा टाउकोको ट्युमरको अपरेसन गरेर घर फर्किएकि आशा कुमारी सिहंको आखा देख्ने सपना एक बर्ष आशै-आशमा बित्यो।

बर्षौ बित्यो तर आशा कुमारी सिहंले आखा देखिनन्।सामान्य टाउको दुख्ने बिरामि भएकी आशा उपचारको लागि भारत गइन तर उनलाई टाउकोमा ट्युमर देखियो ।

उनका अनुसार भारतमा उपचार भएर घर फर्के त्यहाका डाक्टरहरुले अब एक बर्ष पछि आँखा आफै खोल्ने अहिले कम्जोर भएर आँखा आएन बिस्तारै आफै देख्न सक्ने अस्पतालका डाक्टरहरुले बताएका थिए।


टाउको उपचार ट्युमरको अपरेसन गर्दा अरुसंग ऋण मागेर छोरीको उपचारको लागी १३ देखी १५ लाख सम्म खर्च हुँदा पनि छोरीको आँखाको ज्योति नखुलेको पिडितका बुबा बर्ख बहादुर सिंह बताउछन्।

केही समय अघि आशा सिहको आमाको पनि कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मुत्यु भएको र त्यस पछि छोरीको पनि यस्तो अवस्था भएकोले आफू मर्न न बाच्नको पिडामा रहेको बर्ख सिहको भनाइ छ।

डाक्टरको भने अनुसार छोरीको आखाको ज्योति आफै आउन्छन होला भनेर उपचार को लागि काहीँ पनि नलगेको तर लामो समय सम्म पनि आँखा नदेखे पछि करिब ५-६ महिना अगाडि कैलालीको धनगढीमा रहेको गेटा आखा अस्पतालमा लिएर चेक गराउदा त्यहाँका डाक्टरहरुले आँखा देख्ने नसा नै बन्द भएको हुनाले आखाको ज्योति खुल्न असम्भव रहेको पिडितका अकल रमेश सिहले बताउछन्।अब यो भन्दा अलि राम्रो आखाको लागि काठमाडौंमा अस्पताल छ एक पटक त्यहा गएर चेक गराउनु भनेर गेटा आँखा अस्पताल का डाक्टरले सल्लाह दिए।

आर्थिक अवस्था कमजोर त्यही माथि केही समय अगाडि श्रीमती को पनि मुत्यु भएको र त्यसको एक बर्ष भित्र छोरी पनि बिरामी भए, १५ लाख सम्म ऋण परेका बर्ख बहादुर सिंह भन्छन- फेरी पनि तपाईहरुको सक्दो सहयोगले मेरी छोरीको आँखाको ज्योति खुल्न सक्छ,तपाईहरु बाट हुने सहयोग गरिदिनुहोला। म मेरो छोरीलाई फेरी पनि काठमाडौ लिएर एउटा राम्रो अस्पतालमा उपचार गर्न चाहान्छु।मेरो छोरीको कक्षा दशमा पढ्ने उमेरमा यस्तो समस्या भएकोले फेरि पनि तपाईंको सहयोगले मेरो छोरीलाई यो संसार देखाउने ठुलो ईच्छा रहेको उहाँको भनाइ छ।सहयोग र समन्वयको लागि रमेश ब सिह मोबाइल नम्बर 9847515159 रहेको छ।बझाङ शाखामा रहेको नविल बैंकको खाता न 2०210017502495 रमेश बहादुर सिह रहेको छ।