6.5 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

कपिलवस्तुको सिमाक्षेत्रमा रांगा (पाडा )को तस्करी बढ्याे

- Advertisement -

कृष्णनगर कपिलवस्तु । जिल्लाकाे कृष्णनगर , महराजगंज र विजयनगर स्थानिय तहसंग सटेका भारतिय सिमाबाट अवैध रुपमा रांगा तस्करी हुँदै गरेकाे स्राेतले जनाएको छ ।
कृष्णनगरकाे कुकुरभुकवा, डुमाई ,बगहि, भिल्मीलाई बैकल्पिक बाटाे बनाई अवैधरुपले सिधै बहादुरगंजमा पुग्ने गरेका छन भने लक्ष्मीनगर,सिर्सिहवां, ठकुरापुर हुँदै बंसवरियामा एकत्रित भई पुन: बहादुरगंज पशु बजार पुग्ने गरेका छन । महराजगंजकाे सतभरा, कुशहवा, हर्दाैना हुँदै पनि छिटपुटरुपमा रांगाहरु भित्रिने गरेका छन ।

बहादुरगंजमा साेमबार पशु बजार लाग्ने गरेकाले आइतबार रातिसम्म वरपरका बगैँचा अथवा खुला चाैरमा रांगाहरुलाई एकत्रित गरि साेमबारिए बजारमा रवान्ना बनाउने गरेका छन ।

नेपाल छिर्नेबित्तिकै पशु निराेगिता प्रमाणपत्र पाउंदै गरेकाले रांगा तस्करी राेक्न झनै अफ्ट्यारो बन्दै गएकाे हाे । राति २ बजेसम्म खटेपनि हामी अवैध रांगा समाउन सकेका छैनाैं , सुचनाहरु धेरै प्राप्त भए तर तस्कर र रांगा भेटाउन नसकेकाे प्रहरी निरिक्षक सुकदेव पाैडेलकाे भनाई छ। केही तस्करहरुले आफु संगै पशु निराेगिता प्रमाण लिएरै हिड्दै गरेकाे एकजना रांगा डाेर्याउने क्यरियरले नै बताए।

उनी भन्छन नेपाल सिमा कट्नेबित्तिकै पहेँलो कागज हातमा आउंछ र त्यसपछि भित्र लाइन सेटिङकाे आधारमा निश्चित रुट हुँदै दशदेखि पन्द्रह रांगाहरु एकसाथ डाेर्याएर बजार पुग्ने गरेका छाैं ,धेरैजसाे नबालकहरु नै याे कामका लागि सक्रिय छन । पहेंलाे कार्ड पाएपछि पशुक्वारेन्टाइन पनि आवश्यक ना रहेकाले धेरै समस्या नहुनेभएपछि अहिले नाकाबन्द भएसंगै तस्करहरुले बैकल्पिक बाटाे अपनाउदै आएका छन ।

साेमबारकाे बजारका दिन ५ देखि ८ गाडी रांगा लाेड हुन्छन भने त्यहि रवान्नामा हप्ताभरि कृष्णनगर नगरपालिका ८मा पर्ने बिसाै बगिचा, शिवराज नगरपालिका वडा ७ जवाभारी र वडा ८ महुली, पिपरी लगायतका स्थानबाट समेत ट्रकमा लाेड हुने गरेकाे प्रत्यक्षदर्शि बताउँछन् । सिमाक्षेत्रमा गस्ती गर्दै आएकाे सशस्त्र प्रहरी बल कृष्णनगर , कर्मा र डालपुर बिओपी समेत आँखा चिम्लेर बसेकाले तस्करहरुकाे हाैसला बढदै गएकाे छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme