कृषि मन्त्री सुनारले गरे बझाङमा अनुगमन रमेश बहादुर सिह

43

बझाङ । सुदुरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री माननीय मान बहादुर सुनारले जिल्लाका सुर्मा गाँउपालिका र दुर्गाथली गाउँपालिकामा कृषि तथा पशुपंक्षी कार्यक्रमकाे स्थलगत अनुगमन गरेका छन् ।

सनिवार मन्त्री सुनार जिल्ला कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेक बहादुर विष्ट, जिल्ला समन्वय समिति सदस्य टाेप बहादुर खड्का लगायतकाे टाेलीले अनुगमन गरेकाे हाे । अनुगमनका क्रममा मन्त्री सुनारले बझाङ जिल्लामा कृषि र किसानकाे हितमा मन्त्रालय प्रतिबद्ध रहेको र अनुदानका कार्यलाई आगामि दिनहरुमा ब्यबस्थित बनाईने र जिल्लामा काेल्डस्टाेरमा नभई नहुने भएकाले यसमा ध्यान दिईने, युवा र महिला मैत्री लक्षित कृषि नीति तथा कार्यक्रमहरु ल्याईने बताउनुभयाे ।

त्यस्तै जिल्ला कृषि ज्ञान केन्द्र बझाङका प्रमुख विष्टले भन्नुभयो अब आगामी दिनहरूमा बझाङ जिल्लामा कृषि कार्यक्रममा पुर्ण शुसासन र पारदर्शिता अपनाईने, जिल्लालाई कृषि बस्तुमा आत्मनिर्भर बनाईने, निर्यात लाई बढावा दिने, युवालाई कृषिमा आकर्षण काे नीति ल्याईने बताउनुभयो ।

विदेशी नित्यातलाई पुर्ण रुपमा रोकेर स्वदेशी उत्पादनलाई वढाउन आफू र कृषि कार्यालय सधै लागि रहने कार्यालय प्रमुख बिस्टले बताउनु भएको छ।