नवलपरासी।
आसन्न निर्वाचनमा पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देबेन्द्रराज कण्डेल यतिबेला चुनावी मैदानमा होमिएका छन् । चुनावी गतिविधि गरिरहेका कण्डेलले सोमबार नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ९ मा घरदैलो तथा कोण सभा र वडा नम्बर १ ,३,४,६,८ र १० मा कोणसभा एवं अगुवा ब्यक्तित्वहरुसंग भेटघाट गरेका छन्। उनले चुनावी सभालाई भन्दा बढि व्यक्तिगत भेटघाटलाई महत्व दिँदै आएका छन् ।

विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा कण्डेलले विकास नै आफ्नो सबैभन्दा ठूलो एजेण्डा रहेको बताउने गरेका छन् । उनले विकास गर्दा पक्षपात नगर्ने बताएका छन् ।

यस क्षेत्रका बाटो, स्वास्थ्य, कृषि, मल, बाढी समस्या, बेरोजगारी, नागरिकता समस्या र विद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकतालाई पहिले प्राथमिकता दिन्छु, उनले भने । चुनाव जित्नु ठूलो कुरा नभएको बताउँदै उनले मुलुकप्रतिको इमान्दारिता सबैभन्दा ठूलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आएका छन् ।






