घरभाडा नतिरी भाग्यो ‘ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर’

62

ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर घरभाडा नतिरीकन भागेको भन्दै घरधनीले कानुनी प्रकिया सुरु गर्ने भएका छन् ।

ओप्पो मोबाइल कम्पनीको नेशनल डिस्ट्रिब्युटर साविक ओप्पो डि.एस प्रा. लि., हाल डि.एस. प्रा. लि. ले तीन महिनादेखि घरभाडा नतिरी घर खाली गरेर सम्पर्कविहीन भएको घरधनी संगीता बस्न्यातले बताइन्।

केटिएम दैनिकले प्राप्त गरेको घरबहाल सम्वन्धी करारनामामा उक्त कम्पनीले काठमाडौं महानगरपालिका-५, हॉडिगाउंमा बस्न्यातको नाममा रहेको एक रोपनी जग्गा र सो जग्गामा बनेको २ वटा घर तथा टहरा समेत विगत ६ वर्ष देखि लिजमा लिई भोगचलन गर्दै आएको थियो । २०७९ बैशाख १ गतेदेखि दुई वर्षको लागि करारनामा नविकरण भएको थियो ।

उक्त कम्पनीले विगत तीनमहिनादेखिको भाडा नतिरीकन, घर छाड्ने अग्रिम सूचना नदिइकन र घरको अवस्था बिगारेर फरार भएको भन्दै बस्न्यातले सात दिनभित्र सम्पूर्ण दायित्वहरू पुरा गर्न उक्त कम्पनीलाई लेखेको पत्र पनि केटिएम दैनिकले प्राप्त गरेको छ ।

यस विषयमा ओप्पो डि.एस प्रा. लि आधिकारिक व्यक्तिहरूसँग सम्पर्क स्थापित हुन सकिरहेको छैन । कम्पनी रजिष्टार कार्यालयका उप-सचिव शेखर बाबु कार्कीका अनुसार उक्त कम्पनीका अध्यक्ष चिनिया नागरिक “YOU BAO ZHAO” हुन् । कार्कीले भने,

घरबहाल सम्झौता पत्रमा २०८० चैत्रसम्म बहाल नविकरण गरिएको उल्लेख छ । नवीकरण करारको अवधि समाप्त नहुँदै विना कुनै सूचना घरहरु खाली गर्दा उचित हस्तान्तरण, लिज रकम चुक्ता, रंगरोगन तथा मर्मत संभार आदि लगायत कुराहरू पुरा गर्नेपर्ने दायित्वबाट कम्पनी पन्छिएको मात्रै हैन भाडा नै नतिरे वेपत्ता भएको हो । साभारः केटिएम दैनिक