24.1 C
New York
Friday, April 17, 2026

Buy now

spot_img
spot_img

बर्दघाट–३ मा नवनिर्मित वडा कार्यालय भवकाे उदघाटन

- Advertisement -

बर्दघाट, ३ वैशाख २०८३ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ३ मा नवनिर्मित वडा कार्यालय भवन उदघाटन गरिएको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख शम्भुलाल श्रेष्ठले भवन उदघाटन गर्नुभएको हो।
करिब ९४ लाख २१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनले अब सेवाग्राहीलाई सहज, व्यवस्थित र प्रभावकारी सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। वडा अध्यक्ष प्रकाशचन्द्र अधिकारीका अनुसार यसअघि वडा कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाभित्र रहेका १६ वटै वडामा आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउनुभयो। हाल वडा नम्बर १३, १४, ६ र ९ का कार्यालय भवन निर्माणाधीन अवस्थामा रहेको जानकारी दिँदै उहाँले आफ्नो कार्यकालभित्र सबै वडालाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष अधिकारीले नयाँ भवन पोखरीमाथि निर्माण गरिएकाले यो नमुना संरचनाको रूपमा रहेको उल्लेख गर्नुभयो। सोही अवसरमा वडाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा खानेपानीलगायत विभिन्न क्षेत्रमा करिब ६ करोड रुपैयाँ बराबरका विकास योजनाहरू सम्पन्न भएको विवरण सार्वजनिक गरेको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme