सहबान अन्सारी
नवलपरासीमा १७ लाख ६३ हजार मुल्य बराबरको अबैध चिनी र ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आईतवार बर्दघाट नगरपालिका वडा नं. १३ धनेवा स्थित गोदाम अगाडी चिनी लोड गरिरहेको लु १ ख ९७६२ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा शंकास्पद लागेको हुदाँ उक्त सवारी साधन,चालक बिल बिजक नभएको १०९ क्विन्टल चिनी सुरक्षा वेश सेमरीका सशस्त्र प्रहरी निरिक्षक नरेश कुमार खडकाको नेतृत्वा खटिएको टोली र नेपाल प्रहरी सहितको संयुक्त गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको चिनी र ट्रक सहित आवश्यक कारवाही तथा थप अनुसंधानको लागी राजश्व एवं अनुसंधान कार्यालय बुटवल पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण नवलपरासीको सुचना अधिकारी माधव रेग्मीले बताए ।















