ड्रग्स सहित भारतमा नेपाली पक्राउ

164

नवलपरासी,

प्रतिबन्धित लागु ओैषधिका साथ एक नेपाली सहित २ जना भारतमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवल परासी जिल्ला बर्दघाट ९ बस्ने २६ वर्षे अमूल थापा मगर र भारत महराजगञ्ज जिल्ला बेलवा थाना ठुठीबारीका ४८ वर्षे मैनुद्दिन रहेका छन् ।
उनिहरूकाे साथबाट बुप्रेनाफ़ीरन इनजेक्शन -१८ एम्पुल, डाईजापाम इनजेक्शन -२० एम्पुल, प्रोमेझामीज हाइड्रोलोरीज इनजेक्शन १० एम्पुल, ४ स्पमोनेक्स्ट- १४५ टेबलेट, ओनारेक्स सिरफ -१० शीशी र नेपाली स्कूटी न. लु ८१ प ५७३ बरामद गरिएकाे भारतीय प्रहरीले जनाएकाे छ ।

बाइकमा राखेर वर्दघाट लैजाने गरेकाे अवस्थामा जेठ १ गते अपरान्ह ५ः३५ बजे इटहिया मन्दिर नजिकैबाट प्रहरीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार विशेष सुत्रले दिएकाे जानकारीकाे अधारमा प्रहरी गस्तीमा बसेकाे अवस्थामा अाएकाे माेटरसाइकल चालकले प्रहरीलाइ देख्ने बितिकै बाइक छाडेर भाग्ने प्रयास गरेकाे अवस्थाम प्रहरीले पक्राउ गर्न सफल भएकाे जनाएकाे छ । बाइककाे डिग्गीमा राखिएकाे अवस्थामा अवैध नशालु पदार्थ भेटिएकाे हाे ।