सहबान अन्सारी
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ मा नेपाली काग्रेंसका उम्मेदवार केशव प्रसाद अधिकारी निर्वाचित भएका छन ।
मंगलवार साँझ सम्पन्न मतगणनामा अधिकारीले ८४३ मत ल्याएर प्यानल सहित विजयी भएका हुन ।
उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतीशिल पार्टी नेपालका उम्मेदवार रामहरि उपाध्यायलाई १५४ मतले पराजित गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
पुर्व वडाध्यक्ष समेत रहेका उपाध्यायले ५८९ मत हासिल गरेका थिए ।
गाउँपालिकामा वडा नं. १ देखी वडा नं.६ को मतगणना हुदाँ सम्म अध्यक्ष पद र उपाध्यक्ष पदमा नेपाली काग्रेंसको अग्रता रहेको छ















