“चीनिया बिदेश मन्त्रीको भ्रमणमा कम्युनिस्ट पार्टी बिचको एकता प्रयास”

77

चिनका बिदेश मन्त्री वाङ यी ले यहि चैत ११देखि १३ गते सम्म नेपाल भ्रमण गर्दैछन।वाङ को नेत्तृत्वमा उच्च स्तरीय चीनिया टोलि को भ्रमण पुर्ब तयारी बिना नै अप्रत्याशित रुपमा हुन लागेको भ्रमण हो। शेर ब. देउवा प्रधानमन्त्री भए पश्चात् आउन लागेका वाङ चिनको उच्च स्तरका पहिलो नेता हुन यस अघि चिनका रक्षा मन्त्री वेइ फङेल ले २०७७ मंसिर १४ मा नेपाल भ्रमण गरेका थिय।

केही विशेष योजना सहित नेपाल भ्रमणमा आउन लागेका चीनिया बिदेश मन्त्रीको यो भ्रमणले नेपालको राजनीतिक तथा आर्थिक बृतमा विशेष  अर्थ राख्ने जानकार हरुको बुझाइ रहेको छ।विशेषता आउदै गरेको स्थानीय निकायको चुनाव र संसदीबाट एम.सि.सि पास भैसके पछीको राजनैतिक तिब्र ध्रुवीकरणका बिच वाङ को भ्रमण हुदैछ।चिनीया बिदेश मन्त्रीको यो भ्रमणलाई सामान्य र हलुका हिसाबले लिन नहुने राजनैतिक बिश्लेसक हरुको बुझाइ छ।

आम मानिसको बुझाइमा वाङको भ्रमण एम.सि.सि पास भइसके पछीको भु-राजनीति र त्यस्ले उत्पन्न गराउने सुरक्षा चुनौती र बिभाजित बाम दल बिचको एकता वा चुनावी तालमेलमा केन्द्रित रहने बुझिएको छ।रास्ट्रीय मुद्दामा परारास्ट्र मन्त्री नारायण खड्का ,प्रधानमन्त्री सेर बा. देउवा र रास्ट्रपति बिध्यादेबी भण्डारी सङ भेटबार्ता हुदैछ भने राजनैतिक गरिरोध तर्फ एमाले अध्यक्ष केपि ओलि मावोबदी अध्यक्ष पुस्प कमल दहाल र एकीकृत समाजबदी का अध्यक्ष माधब नेपाल सङ भेटबार्ता हुदैछ।

चिनको महत्वकाक्षि परियोजना वि.आर.आइ अन्तर्गतका परियोजना हरु लाई अझ बढाउन र ऋण रकम अझ बढी स्विकार्न पनि चिनियाँ पक्षको दबाब रहने छ,वि.आर.आइ परियोजना अन्तर्गत ९ आयोजनामा हस्ताक्षर गरेको नेपाललाई थप अरु परियोजना हरु थप्न र ऋण सहायता रकम देब्बर बनाउन चीनिया पक्ष बाट प्रस्ताव गरिने बुझिएको छ।बिभाजित कम्युनिस्ट पार्टीका प्रमुख नेता सङ वान टु वान बार्ता गरि आउदो स्थानीय निकायको र संसदिय निर्वाचनमा पार्टीहरु बिच कार्यगत एकता गरि चुनाबमा सहभागीता जनाउन पनि शिर्ष नेताहरुलाइ दबाब पर्न सक्ने अनुमान लगाइएको छ।कम्युनिस्ट पार्टी बिचका राजनैतिक दलका नेताहरु सङको भेटमा बिदेश मन्त्री वाङ ले संसद बाहिर रहेका एमसिसिको बिरोधमा आन्दोलन गरिरहेका विभिन्न साना कम्युनिस्ट पार्टीहरुलाइ पनि चुनाब अघि नै एकता प्रयास गराउने र ठुला राजनैतिक दल सङ कार्यगत एकताको लागि प्रमुख नेताहरुलाइ दबाब सिर्जना गर्ने साथै एम सि सि अनुमोदन भए पछिको भु-राजनीति अबस्थाले निम्त्याउन सक्ने सुरक्षा चुनौतिका विषयहरुमा पनि प्रमुख बाम दलका नेताहरु सङ छलफल हुने र चिनको आफ्नो धारण र दृस्ठिकोण स्पस्ट पार्ने देखिन्छ।चीनिया बिदेश मन्त्रीको नेपाल भ्रमण कुटनितिक क्षेत्रमा जति महत्त्वपूर्ण देखिदैछ त्यो भन्दा बढी राजनितिक रुपमा देखिने छ।चिनियाँ सरकार कम्युनिस्ट पार्टि बिभाजन नहोस भन्ने चाहन्छ तर पनि बिभाजित भैसकेको पार्टीलाई चुनाव अघि जसरी भएपनी कार्यगत एकता र त्यस पछि पार्टी एकता होस भन्ने अभियानमा लागेका छ्न यस्को लागि नेपालमा बसेका चिनियाँ अधिकारीहरु मसिनो गरि सक्रिय रहेका छ्न।बिदेशि मन्त्री वाङ को भ्रमण कम्युनिस्टहरु बिच बढेको दुरि र वेमेललाइ जस्तो सुकै दबाब सिर्जना गरेर भए पनि एक ठाउँमा ल्याउनु नै प्रमुख उदेश्य रहेको छ।कम्युनिस्ट पार्टी बलिलो हुदा मात्रै आफ्नो स्वार्थ अनुकुल नेपाललाई प्रयोग गर्न सकिने चीनिया बुझाइ रहेको छ चिनियाँ बिदेसी मन्त्री स्तरीय भ्रमण टोलिमा कम्युनिस्ट एकताको मुद्दा  पनि विशेष रहेको छ।