8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

कुपोषणबारे पुनर्ताजगी तालिम बर्दघाटमा

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाटमा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने शिघ्र कुपोषणको एकीकृत ब्यवस्थापन सम्बन्धि पुर्नताजगी तालिम मङ्गवार देखि शुरू गरिएको छ ।
बेस नेपालद्वारा संचालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको आयोजना तथा बर्दघाट नगरपालिकाको सहकार्यमा संचालित तालिमको दोस्रो दिन ११औ ब्याचलाई तालिममा सहजीकरण गर्दै, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले उचित पोषण बालबालिकालाई मात्र नभै सबै उमेर समुहलाई आवश्यक रहेको बताउनुभयाे । उहाँले बजारमा पाइने विभिन्न प्रकारका खाध्य बस्तुमा मिसावट हुने गरेको पाइएकोले सबै उपभोक्ता सचेत रहनु पर्नेमा जाेड दिनुभयो ।
तालिममा बेस नेपालका परियोजना सम्योजक सालिकराम पोख्रेलले कार्यक्रममा सहजीकरण गर्दै, परियोजनाले पश्चिम नवलपरासी जिल्लामा करिब २७ हजार ४ सय बालबालिकाको पोषणको लेखा जोखा गर्ने, कुपोषण परेका बालबालिकालाई उपचारमा ल्याइ जिल्लाको सबै स्थानीय तहलाई शून्य कुपोषित स्थानीय तह निर्माण गर्ने जानकारी दिनुभयाे ।
नेपाल सरकारको लक्ष्य साकार पार्ने उद्देश्यका साथ जिल्लाका ३ सय ८० जना स्वास्थकर्मीहरू लाई तालिम दिइने बताउनु भयो।
उहाँले देशभर ख्याउटे बालबालिकाको संख्या ८ प्रतिशत रहेकोमा लुम्बिनी प्रदेशमा मात्रै १६.२ प्रतिशत रहेको हुदा, लुम्बिनी प्रदेश पोषणमा उच्च जोखिममा रहेकोले परियोजनाले दाङ, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी जिल्लामा काम गरि रहेको जानकारी दिनुभयो ।
यसैगरी, हेलन केलर इन्टरनेसनलका निरज भट्टराईले अहिलेको बालमृत्यु दरमा ५३ प्रतिशत मृत्यु कुपोषणका कारणले हुने गरेको बताउनुभयाे । बालबालिकामा ख्याउटेपन, रक्तअल्पता, कमतौल भएका, उमेर अनुसार उचाई र तौलको कमि, सुकेनास लगाएतका कुपोषण जस्ता समस्यालाई स्वास्थकर्मिले शिघ्र पहिचान गरि सहि तरिकाले उपचार गर्न सहज हुने बताउनुभयाे ।
तिन दिन सम्म चल्ने याे तालिममा प्रत्येक दिन ३० जना गरि नगर भित्रका ९० जना स्वास्थ्य कर्मीहरू तालिममा सहभागीता रहनेछ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme