सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

20
Photo of helmet and motorcycle on road, the concept of road accidents

काठमाडौं,

            बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझामा ग.९ प १६६० नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने १९ वर्षीय खेमराज शाही र स्कुटरमा सवार १६ वर्षीय दिनेश राना मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

                कैलाली, लम्कीचुहा नगरपालिका-२ मोतिपुरमा रोकी राखेको बा.२१ च २९०३ नम्बरको बलेरो जिपमा क.१ प १५९८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जुम्ला तातोपानी गाउँपालिका-१ बस्ने २९ वर्षीय लोकेन्द्र जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार जुम्ला तातोपानी गाउँपालिका-१ बस्ने २५ वर्षीय अक्कल कठायतको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । दुवै सवारी साधन र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            झापा, कमल गाउँपालिका-१ पुतली चोकस्थित सडकमा प्र.१-०१-०१३ प ४३४२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया मनमाया बास्कोटाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको मक अस्पताल एण्ड रिसर्च सेन्टर दमकमा उपचार भइरहेको छ ।

             सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा प्र.२-०१-००१ च. ०३२७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी करिब १४ वर्षीया बालिकाको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको फुलकुमारी मेमोरील अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।