नेपालगञ्ज । नेपालगञ्ज वडा नं.३, एकलैनी लखेरन टोलमा अवस्थित शिव मन्दिरको शिवलिङ्ग लगायत अन्य देवी-देवताको मूर्ति ताेडफोड गरी क्षति गरिएको छ l
सनातनि हिन्दु समाजलाई यी एस्ता शान्ति र सद्भाव भन्ने माया-जालबाट मुक्त गरियोस्। सनातनिहरुको आस्था, धर्म माथि प्रहार, उपहास र मन्दिरका देवि-देवता नै तोडफोड गरिन्छ र बाँकेको शान्ति र सदभाव कायम राख्न सनातनि समाज चुप लागेर मौंन बस्नु पर्छ भने हामी सनातनि हिन्दुहरुलाई शान्ति र सदभाव कदापि चाहिएको छैन्। हामी र हाम्रो आस्था माथि प्रहार चोट गर्दा पनि शान्ति र सद्भाव कायम गर्न मौन बस्नु पर्छ भने यो कदापि हामीलाई मान्य छैन र सहन सक्ने कुरै हुन सक्दैन ।
त्यसकारण पुन: सम्बन्धित निकाय, प्रहरी प्रशासन, सदभावका ढोगी ठेकेदारहरु, नेतागण, बुद्धिजीवी साथै संचार कर्मिहरुलाई दुई हात जोडि निबेदन गर्न चाहन्छु कि दोषीलाई कडा कार्वाहि होस्, हैनभने सनातनि युवाहरु सुतेका छैन्न, सचेत छन, समय आयो भने पुन: आन्दोलन र विरोधमा उत्रिन समय लाग्ने छैनः श्याम कुमार साहू नेपालगञ्जबाट





