7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

रेडक्रस हकुई/सुक्रौली उपशाखाको अधिवेशन सम्पन्न

- Advertisement -

पप्पु रेग्मी, हकुई २७ माघ ।
नेपाल रेडक्रस सोसाइटी हकुई ÷ सुक्रौली उपशाखा रामग्राम–१६ पश्चिम नवलपरासी जिल्लाको १३ औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशन शनिबार हकुईमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी हकुई ÷ सुक्रौली उपशाखाको कार्य समितिको सम्पूर्ण पदको निर्वाचन प्रकृया नेपाल रेडक्रस सोसाईटीको निर्वाचन नियमावली २०४९ को दफा १० बमोजिम सम्पुर्ण पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुरज के.सी.ले बताउनुभयो ।
सो अधिबेशनले राजेन्द्र यादवको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपसभापतिमा केशपति थारु, सचिव घनश्याम प्रसाद यादव, कोषाध्यक्ष रविन्द्र कुमार अग्रहरी, उपसचिव राम केवल यादव, उपकोषाध्यक्ष बक्सिस अलि नाउं, महिला सदस्य सुरसती कुमारी गुप्ता, खुल्ला सदस्य राम कुमार गुप्ता, खुल्ला सदस्य बलिराम यादव, खुल्ला सदस्य चम्पा थारु, खुल्ला सदस्य सन्त बहादुर चौधरी रहनु भएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme