रंजीत शर्मा
नवलपरासी २६ पुष
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको नयाँ प्रमूख प्रशासकीय अधिकृतमा राकेश पाण्डे जिम्मेवारी समालेका छन् ।
चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको पालिकामा पाण्डेले जिम्मेवारी समालेका हुन ।
रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता द्वारा प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेलाई कार्यालयमा स्वागत गर्नु भएको हो ।
जिम्मेवारी समाल्दै प्रमूख प्रशासकीय अधिकृत राकेश पाण्डेले पूर्ण जिम्मेवारीको साथ इमान्दारी पूर्वक आफ्नो काम कर्तव्य निभाउदै नगरको विकासमा अमूल्य योगदान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रमूख प्रशासकीय अधिकृतको स्वागत कार्यक्रम नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर उप-प्रमुख रम्भा कुँवर,रामग्राम नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत रुद्र प्रशाद रेग्मी लगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।















