रंजीत शर्मा/ नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकको आयोजनामा वडा नं १८ पम्फापुरमा उद्यम गरौं;उद्यमशिल संस्कारको विकास गरौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ८ दिने व्यवसाय सचेतना तथा शुरू, लैगिङ्क समानता तथा समाजिक समावेशीकरण तालिम सञ्चालन भएको छ।
रामग्राम नगरपालिकाको आयोजनामा वडा नं १८ पम्फापुरमा सुरु भएको कार्यक्रम रामग्राम नगरपालिका वडा नं १८ का कार्यवाहक वडा अध्यक्ष शेरबहादुर थारुको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथिमा सुरु भएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गुप्ताले सिदै माछा ल्याएर दिनु भन्दा माछा मार्ने शिप ,प्रविधिको रुपमा जाल ,लगानीको रूपमा थोरै सहयोग गरेर मान्छेलाई आत्म निर्भर बनाउनु राम्रो भएको उखान प्रस्तुत गर्दै यो कार्यक्रम पनि यस्तै रहेको बताउनु भएको छ । तालिम समापन पछि सम्पूर्ण सहभागीको अनुसार पुनः माग अनुसार शिप सिकाई प्रविधी सहयोग गरी बजार तथा सस्तो ब्याजदरमा ऋणको व्यवस्था समेत गरी गरिव परिवारको जीवन स्तरमा सुधार्नका नगरपालिका लागि परेकाे बताउनु भएको छ।
कार्यक्रममा रामग्राम नगरपालिका वडा नं १८ को वडा सचिव फकिरी थारु,रामग्राम नगरपालिकाको कायपालिका सदस्य रोशन शाह,पत्रकार रंजित शर्माले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा पत्रकार ज्ञानेश्वर साहनी, समाज सेवी सन्तनु मिश्राको उपस्थिति रहेको थियो।















