बेलाटारी, २३ कार्तिक ।
त्रिवेणी -झुलनीपुर सडकखण्डकाे पर्सा नजिकै गण्डक नहरकाे सडकमा मंगलवार बेलुका करिब ८ बजे भएकाे माेटरसाइकल दुर्घटनामा परि १ जनाकाे ज्यान गएकाे छ भने अर्का १ जनाकाे खाेजी भइरहेकाे छ ।
युपी ५६ एबी ६३४० नं. काे स्प्लेण्डर माेटरसाइकलमा घरबाट प्रतापपुर जांदै गरेकाे अवस्थामा अनियन्त्रित भइ माेटरसाइकल पल्टिदा भारत उत्तरप्रदेश महाराजगञ्ज जिल्लाकाे मटरा घर भएका २७ वर्षे अवधेश रायकाे ज्यान गएकाे छ भने अर्का १ जना सन्ताेष गुप्ताकाे खाेजी भइरहेकाे इप्रका बेलाटारीका प्रहरी निरिक्षक प्रकाश बहादुर सिंहले बताए ।
दुर्घटनाकाे खबर पाइ घटनास्थल पुगेकाे प्रहरीले गम्भिर घाइते अवस्थामा भेटिएका रायलाइ उपचारका लागि शहिद स्मृति सामुदायिक अस्पताल चाैपत्ता पुर्याएकाे थियाे । उपचारकाे क्रममा उनकाे ज्यान गएकाे हाे ।
आफन्त लिन प्रतापपुर पुलसम्म जान हिंडेकाे बखत दुर्घटना भएकाे गाउंले राहुल कुशवाहाले बताएका छन् । गाउंले कुशवाहाका अनुसार २७ वर्षे अवधेश राय र ४० वर्षे सन्ताेष गुप्ता दुबै जना एउटै बाइकमा प्रतापपुर जान हिंडेका थिए ।
अपडेट मध्यराती ११ः२६ बजे ….






