मटर बाेकेकाे गाडी दुर्घटनामा, गण्डक नहरमा पल्टिदा गाडी निकाल्न कठिनाई

31
बिज्ञापन

संजय कुशवाहा, असोज १५ नवलपरासी

पश्चिम नवलपरासीको त्रिवेणी -झुलनीपुर सडक खण्डमा अनियन्त्रित भई एक पिकअप गाडी गण्डक नहरमा खसेको छ ।

Advertisement

जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं ७ गुठी सुर्यपुरा स्थित मुख्य पश्चिम गण्डक नहरको बाटो हुदै तस्करीका लागि सीमा तर्फ जादै गरेकाे पिकअप गाडी बिहीबार बिहान अनियन्त्रित भई गण्डक नहरमा खसेकाे स्थानीयले जनाएका छन्  ।

घटनाकाे जानकारी पाइ घटनास्थलमा पुगेकाे प्रहरीले गाडी भित्र चालक वा सहचालक नरहेकाे सुनिश्चित गरेकाे बताएकाे छ । कुनै मानवीय क्षति नभएको तथा चालक प्रहरीकाे फाेन सम्पर्कमा अाइसकेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गण्डक नहरको पानी बन्द गरी थप अनुसन्धान तथा पिकअप निकाल्ने प्रयास भैरहेकाे प्रहरीले जनाएकाे छ ।