बर्दघाट उघोग वाणिज्य संघ नवलपरासीको आयोजनामा तेस्रो कृषि पर्यटन तथा औधोगिक व्यापार मेला २०७५ को सम्पुर्ण तयारी सकियो, भोलीदेखी ब्यापार मेला सुरु

130
बिज्ञापन

कार्तिक २९, नवलपरासी ।

बर्दघाट उघोग वाणिज्य संघ नवलपरासिको आयोजनामा यहि कार्तिक ३० गते शुक्रबार देखी मंसिर ११ गते सम्म सञ्चालन हुने तेस्रो कृषि पर्यटन तथा औधोगिक व्यापार मेला २०७५ को सम्पुर्ण तयारी सकिएको छ ।

Advertisement

नवलपरासि जिल्लालाई पर्यटकिय जिल्लाको रुपमा परिचित गराउने उद्धेश्यका साथ यस क्षेत्रको धार्मीक ऐतिहासिक सांस्कृतिक पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरि समग्र आर्थिक तथा समाजिक क्षेत्रको बिकास गराउन राष्टिय तथा अन्तराष्टिय वजार सम्म औधोगिक लधु उधम तथा कृषि जन्य उत्पादनको बजार बिस्तार गर्न साथै शिक्षा स्वासथ्य र कृषि क्षृेत्रको प्रवद्र्धन एवं सुचना तथा विज्ञान प्रविधिको व्यापक प्रचार प्रसारमा टेवा पुर्याउने उद्धेश्यका साथ सञ्चालन हुने मेलाको यतीबेला मेला लाग्ने स्थल बर्दघाट २ चिसापानी नजीकैको मैदानमा बाल उध्ययन, तारबार निर्माण तथा आर्कषक गेटको निर्माण गर्ने लगाएत सबै तयारी सकिएको आयोजकले जनाएको छ ।

गत सालका मेलाहरुमा भन्दा यसपालीको मेलामा बाल उध्ययनका धेरै सामा्रगी तथा नयाँ किसिमका पिङ एव्म झुलाहरु एव्म कृषिका समेत नयाँ किसमिका स्टलहरु राखीन बर्दघाट उघोग वाणिज्य संघ नवलपरासिका अध्यक्ष मिनराज शर्माले बताउनुभएको छ ।

कला संस्कृति उधोग र व्यापार समृद्ध बर्दघाटको पहिलो आधार भन्ने मुल नाराका साथ आयोजना गर्न लागीएको मेलाको कार्तीक ३० गतेको समुदघाटन प्रदेश नं. ५ का मुख्य मन्त्री माननीय शकंर पोखरेलज्युको प्रमुख आतीथ्यतामा हुने आयोजकले बताएको छ ।

मेलाको सुचना संचार तथा प्रचार प्रसार कार्य समेत तीव्र रुपमा भइरहेको प्रचार प्रसार तथा छपाई व्यवस्थापन उप समितिका संयोजक प्रदिप सुवेदीले जानकारी दिनुभएको छ ।

मेलाको आर्कषणको रुपमा बहुचर्चीत लोक दोहोरी गायक बद्री पगेंनी, पशुपती शर्मा, टकं बुढाथोकी, बाल गायक अशोक दर्जी, हेमन्त राना तथा अमेरीकी मुलकी नेपाली गीत गाउने गायिका एन्या स्टीर लगाएतका राष्टीय एवं स्थानिय कलाकारहरु रहेका छन ।

मेलामा अनुमानित ४ करोड बराबरको कारोवार हुने र मेला सञ्चालन गर्न करिब ५० लाँख खर्च हुने र मेलामा करिब २ लाँख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाको अफिसयिल मिडिया पार्टनरको रुपमा सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज रहेको छ ।