फाल्गुन १५ गते सार्वजनिक विदा

187

मगर समुदायले प्रत्येक वर्ष फाल्गुन १५ गतेलाई मगर स्थापना दिवस अर्थात मगर एकता दिवसको रुपमा मनाउदै आएका छन् । सोही दिवसलाई लक्षित गर्दै बर्दघाट नगरापालिकाले फाल्गुन १५ गते आइतबारका दिन बर्दघाट नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

पश्चिम नवलपरासीको बर्दघाट क्षेत्रमा मगर समुदायको उल्लेख्य बाहुल्यता रहेको हुदा सो दिन नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य सस्थाहरु, विद्यालय तथा अन्य शैक्षिक सस्थाहरु लगायत सार्वजनिक संघ सस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले सचना जारी गर्दै जानकारी दिनुभएको छ ।

१५ फागुन नेपाल मगर संघको स्थापना भएको दिनको रुपमा मगर समुदायले मगर एकता तथा मगर दिवस मनाउदै आएको छ । २०३९ साल फागुन १५ गते नेपाल लाङघाली परिवार संघको प्रथम अधिवेसन सम्पन्न भएको सम्झनामा मनाउन थालिएको लाङघाली दिवसको दिनलाई नै २०४० सालबाट नेपाल मगर संघ तथा अन्य मगर समुदाय सम्बन्धी संघसंस्थाहरुले मगर दिवसको रुपमा मनाउँदै आएका छन् । विश्वभरी छरिएर रहेका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनुका साथै मगर एकताका लागी यो बर्ष ४० औँ मगर दिवस विविध कार्यक्रम गरि मनाउन लागेको हो ।