8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भारत हुने

- Advertisement -

काठमाडौं – प्रधानमन्त्री पृष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणको तयारीमा लागेका छन् ।

प्रधानमन्त्रीको विदेश भ्रमण पहिले कहाँबाट गर्ने भन्नेमा परराष्ट्र मन्त्रालय गृहकार्यमा लागेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने निकटस्थ नेताहरूलाई जानकारी गराइसकेका छन् ।

एक महिनाअघि प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिँदै आफू सहकार्य गर्न इच्छुक रहको बताएका थिए । मोदीको बधाई सन्देश भारतीय राजदूत नवीन श्रीवास्तवले भेटेरै हस्तान्तरण गरेका थिए ।

यसबीचमा श्रीवास्तवले दुई तीनपटक प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फागुन तेस्रो साता हुने गरी तयारी अघि बढाइएको स्रोतले जानकारी गराएको छ ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा फागुनको दोस्रो साता नेपाल भ्रमणमा आउने र त्यही बेला प्रचण्डको भारत भ्रमणको मिति तय हुने बुझिएको छ । तर प्रधानमन्त्री प्रचण्डको पहिलो उच्चस्तरी विदेश भ्रमण अमेरिकाबाट गर्ने पनि प्रयास भइरहेको छ ।

त्यसका लागि राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया नुल्यान्ड आगामी सोमबार नेपाल भ्रमणमा आउने तय भएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme