प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृह जिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप

36

काठमाडौं, ९ असाेज ।

मुख्यमन्त्री गद्दीले शिक्षा विधेयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्री लाल बाबु राउत विरुद्ध आन्दोलनको आंधीवेरी ल्याउँने र मुख्यमन्त्रीलाई अपदस्त गराउने चेतावनी समेत दिदै राष्ट्रिय एकता अभियानले वीरगन्जमा मुख्यमन्त्री विरुद्ध विरोध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको गृह जिल्ला वीरगन्जमा उनको तस्बीर अंकित पोष्टर जलाएर विरोध गरिएको हो ।

विरोध जुलुसमा सहभागिहरुले मदरशा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउँन पाउँदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लगाएका थिए । वीरगन्जको माईस्थान मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगरपरिक्रममा गरी घण्टाघर चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको ईसारामा नेपालमा मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाए । उनले भने, नेपालमा सामुदायिक विद्यालय छन, विद्यालयहरुमा कुनै जातपात सोधेर शिक्षा प्रदान गरीदैन, शिक्षामा कुनै प्रकारको विवेद छैन तर पनि मदरशा शिक्षा विद्येयक ल्याउनुको अर्थ के हो ? नेपाललाई ईस्लामिकरण तर्फ धकेल्न योजना अनुरुप शिक्षा विद्येयक ल्याईएको उनको आरोप छ ।

अध्यक्ष यादवले, मुख्यमन्त्री गद्दीले ईस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरसा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरी विवेद ल्याएको आरोप समेत लगाए ।

अभियानका जिल्ला अध्यक्ष श्याम किशोर तिवारीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा, राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, हिन्दु अभियानता पुरुषोत्तम दुवे, डा. अनिल झा, ब्राहणसमाजका पूर्व अध्यक्ष देवनाथ उपाध्याय, लगायत हिन्दुवादी नेताहरुको सहभागिता रहेको थियो ।