नवलपरासी पश्चिम ।
जिल्लाकाे प्रतापपुर गाउंपालिका वडा नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार ऋषिदेव दास पटेल ७७१ मतका साथ विजय हासिल गरेका छन् । ०७० काे चुनावमा उनी नेकपा माअाेवादीकाे उम्मेदवारसित पराजय भाेग्न परेकाे थियाे ।
उनका निकटतम प्रतिद्वन्दी जनता प्रगतिशिल पार्टीका उम्मेदवारले – ५९१ मत पाएका छन् । त्यस्तै, एमालेका उम्मेदवारले – ३२२ मत, माओवादीका उम्मेदवारले -३६० मत, जनता समाजवादी पार्टीका उम्मेदवारले – १४३ मत र राप्रपा का उम्मेदवारले -४१५ मत पाएका छन् ।
पटेलकाे प्यानलमा महिला सदस्य-८०९ मत, दलित महिला सदस्य-७९८ मत, वडा सदस्य(१)-६९८ मत र वडा सदस्य(२) -६९४ मतका साथ विजयी भएका छन् ।





