प्रतापपुरमा बस दुर्घटना, चालक सहित ६ जना घाईते

1151

पश्चिम नवलपरासीकाे प्रतापपुरमा त्रिवेणीबाट बर्दघाटतर्फ जाँदै गरेकाे यात्रुवाहक बस गण्डक नहरकाे सडकबाट अनियन्त्रित भएर पल्टिदा बस दुर्घटनामा परेकाे छ । बसमा चालक सहित २१ जना यात्रु सवार रहेका थिए । चालक सहित ६ जना घाईते भएका छन्। अवस्था मध्यम रहेकाे बताईएकाे छ । घाइतेलाई उपचारका लाागि सहिद स्मृति सामुदायिक अस्पताल चाैपत्तामा भर्ना गरिएकाे इप्रका बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जनाएका छन् । बस चालक वर्ष ५२ का देव बहादुर राय रहेकाे बताईएकाे छ । लु १ ख ३०८५ नं काे बस करिब सवा ११ बजे गण्डक नहर स्थित रुपाैलिया पुल पश्चिमतर्फ दुर्घटनामा परेकाे हाे ।

Advertisement