पुर्वी नवलपरासीमा अटो चालककाे हत्या

27

पूर्वी नवलपरासी, १९ माघ ।

ना २ ह ६१७३ नम्बरको अटोकाे चालक माधवप्रसाद गिरीको हत्या भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धानले खुलेकाे छ ।

कावासोती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय गिरीको गिरीको शव कावासोती १३ बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा मंगलबार फेला परेको थियो । सोमबार राति एक जना अपरिचित युवकले घरमै आएर कावासोती जानु छ भन्दै अटोमा गएदेखि गिरि वेपत्ता भएका थिए ।

शव मंगलबार विहान साढे ८ बजे पछि देखिएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले घटना शंकास्पद भएको र घटनाको अनुसन्धान भईरहेको बताए । महर्जनले भने – ‘तालिम प्राप्त कुकुर मगाएर पनि अनुसन्धान थालेका छौं ।’ तालिम प्राप्त कुकुरले घटना स्थलको अनुसन्धान (सुघ्ने काम) सकेपछि प्रहरीले शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको हो । रिपोर्ट आएपछि घटनाको बारेमा थप पुष्टि हुने महजर्नले बताए । उनले भने प्रहरीले सुक्ष्म रुपमा घटनाको अनुसन्धान गरिरहेको छ ।

घटना स्थलदेखि केही पर बाटोमा अटो, वरपर सिक्री, २ थान मोबाईल र जुत्ता फेला परेको छ ।