विभिन्न राजनैतिक घटनाक्रमपछि नेपालमा कम्युनिस्ट दलहरुसंगै केही संघीयताका विपक्षी दल मिलेर नयाँ सरकार गठन भएकाे छ । नेपाली राजनीतिक वृतमा नेपाल- भारत सरकार बिच कस्तो सम्बन्ध बिस्तार हुने चर्चा पनि शुरु भएको छ ।
सत्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन ।
प्रधानमन्त्री बन्ने बित्तिकै नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारतिय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना दिदै मिलेर सहकार्य गर्न तयार रहेकोे संदेश दिएका छ्न । यसरी हेर्ने हो नेपाल भारत सम्बन्ध थप बलियो हुने सन्देश आम जनतामा गएको छ । यसको मुख्य भुमिकामा नेकपा एमालेका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री खडक प्रसाद ओलि ( केपि ) लाई जाने भएको छ ।
अहिलेको सरकार गठनमा ओलि नै मुख्य निर्णय गर्ने भुमिकामा छ्न । नेकपा एमाले ले राष्ट्रपति लगायत केही मन्त्रालय आफू राखेर प्रचण्डलाई प्रधानमन्त्री दिई अन्य दलकाे सहयाेगमा गठबन्धन सरकार चलाउन सहयोग गर्ने भएका बताएका छ्न ।
नेकपा एमालेबाट अध्यक्ष ओलीका नजिक मानिएका नयाँ मन्त्रीमा बिष्णु पौडेल अर्थमन्त्रालयमा एमालेको नेतृत्व गर्दै छ्न । भौतिक तथा यातायात मन्त्रालय माओवादी केन्द्रले लिएको छ । यस्तै गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने बनेका छ्न । अहिले केपि ओलिको पार्टी नेकपा एमालेले अब रहेको मन्त्रालयमा परराष्ट्र मन्त्री पाउने गरि आफ्नो लक्ष्य अपनाई रहेको सुचना समाजिक संजालमा आइरहेकाे छ ।
परराष्ट्र मन्त्रालय मार्फत सार्क देश सहितका रास्ट्रहरुसंग राम्रो सम्बन्ध बिस्तार गर्ने आवश्यकतालाई महसुस गर्दै परराष्ट्र मन्त्रालयको दावी हुनु पर्ने बिज्ञले अनुमान गरिरहेका छ्न । नेपालकाे परराष्ट मन्त्रीको अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा समेत निर्णायक भुमिका रहने गरेको छ ।
वर्तमान सरकार नेकपा एमालेको सहयोग बिना सत्तामा रहन नसक्ने यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डले केपी ओलिसंग सहकार्य गर्नु पर्ने नै हुन्छ । शुरुमा केही विवादित बनेपनि पछि केपि ओलिकै पालामा नेपाल-भारत सम्बन्ध बलियो बनेको थियो र भारतिय प्रधानमन्त्री मोदी धेरै पटक नेपाल आउनमा केपि ओलिको योगदान रहेको हो । पुर्ब प्रधानमन्त्री ओलि भारत भ्रमण जादा समेत विभिन्न सम्झौतामा गरेका हुन ।
ग्यास पाइप लाइन , रेल विस्तार लगायत सम्झाैता पुर्ब प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा गरिएको लिखित सम्झौता हो । मंशिर ४ गतेपछिकाे ठुलाे दल बनेपछि नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफै राख्ने अडान गरेकाे थियाे । सत्ता समिकरण र शक्ति बांडफाडमा सहमति नमिलेकाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीसंग सहकार्य गरि आफ्नै नेतृत्वमा सरकार बनाउन सफल भएपनि वर्तमान अवस्थामा भारतसंगकाे सम्बन्ध महत्वपूर्ण देखिन्छ ।
त्यस्तै ओली आफू प्रधानमन्त्री नबनेपनि निर्णायक भुमिका मै रहने पक्का छ ।
ओलीले गठबन्धनमा सिट बांडफांडबाटै छिमेकी देशहरुसंगकाे सहकार्य तथा सम्बन्ध सुधारका लागि भएपनि परराष्ट्र मन्त्रालय आफ्नाे भागमा लिन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ । नेपाल- भारत सम्बन्धमा ओलीकाे सार्थक प्रयास जारी नै रहने भारतीय पक्षकाे अनुमान छ तर पनि प्रचण्ड नेतृत्वकाे सरकार गठनपछिकाे चिनियाँ सक्रियता बढ्दै गयाे भने ओलीले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्ध सुधार लगायतका सिमाविवाद, आयात निर्यात, उर्जा सम्झाैता जस्ता दुइपक्षिय हितका निर्णयमा माहिर खेलाडी मानिन्छन ।
(सम्पादन – अंकुश कुमार श्रीवास्तव)















