नेपाल प्रेस युनियन बर्दघाट सुस्ता पश्चिमको अध्यक्षमा सुबेदी

26
बिज्ञापन

श्याम थापा
नवलपरासी २४ मंसिर
नेपाल प्रेस युनियन बर्दघाट सुस्ता पश्चिम नवलपरासीको अध्यक्ष पदमा पुरुषोत्तम सुवेदी सर्वसम्मत चयन हुनु भएको छ ।
नेपाल पत्रकार महासंघ नवलपरासीको सभा हलमा भएको नेपाल प्रेस युनियन बर्दघाट सुस्ता पश्चिम नवलपरासीको १० औं अधिवेशन कार्यक्रमको भेलाले नेपाल प्रेस युनियन बर्दघाट सुस्ता पश्चिम नवलपरासीको अध्यक्ष पदमा सुबेदीलाई चयन गरेको हो ।
अधिवेशन कार्यक्रमले पुरुषोत्तम सुबेदीको अध्यक्षयतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
जसको समाबेशी उपाध्यक्षमा उमेश बिक,खुल्ला उपाध्यक्षमा सन्जिव कोइराला,सचिवमा प्रकाश कुमार न्यौपाने,सहसचिवमा मनिषा पाण्डे र कोषाध्यक्षमा जीवन न्यौपाने रहेका छन ।
त्यस्तै गरि सदस्यहरुमा संजय कुशवाहा,नवराज पौडेल,मनिष अधिकारी,मुक्ति नाथ तिवारी,संजय कंडेल,श्याम बधन हरिजन,जितेन्द्र गुप्ता,युवराज चापागाईं,अनिल यादव,सहबान अन्सारी र नन्दलाल कुवर रहेका छ्न । भने त्यस्तै प्रदेश पार्षदमा अजय कुमार लोनिया,अनिल यादव,शिव रेग्मी,इन्दु रेग्मी,श्याम बुचा मगर,नन्दु यादव,रबिन्द्र कुमार यादव,तारा चन्द्र बर्मा,रबिन शर्मा चापागाई,बिष्णु श्रेष्ठ,ओम प्रकाश हरिजन,लक्ष्मी हरिजन,नारायण न्यौपाने,इन्दिरा बिश्वकर्मा,सुशीला पाण्डे,डा.श्याम प्रसाद न्यौपाने,मोहम्मद इजहार शेष र उर्मिला यादव रहेका छन ।
त्यस्तै गरि केन्द्रिय पार्षदमा टीका राम गैरे,हरि शर्मा,बृजराज कुशवाहा,डिग बहादुर क्षेत्री,जानबी जोशी,कल्पना भट्टराई,नारायण सुबेदी,सद्दाम हुसेन,सिता शर्मा,राजकुमार शर्मा र रमेश खनाल रहेका छन ।
अधिवेशन कार्यक्रममा नवलपरासीका प्रतिनिधि सभा सदस्य एवंम नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य देवेन्द्र राज कंडेलको प्रमुखअतिथ्यता र अनिल कुमार यादवको अध्यक्षयता रहेको थियो ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति एवंम रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता,नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ,नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल,नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष दिपक आचार्य,नेपाल प्रेस युनियन नवलपरासीका पुर्व सभापति आरपी उपाध्याय,नेपाल प्रेस युनियन चितवनका सभापति अनिल ढकाल,नेपाल प्रेस युनियन नवलपुरका सभापति बिरेन्द्र पराजुली,नेपाल पत्रकार महासंघ नवलपरासीका सभापति होमराज रानाभाट,प्रदेश सभाका सदस्य बैजनाथ जैसवाल र प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा लगायत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै अधिवेशन कार्यक्रम सर्वसम्मत भएको निर्वाचन अधिकृत अधिवक्ता झबिन्द्र ज्ञवाली जानकारी दिनु भयो ।

Advertisement