नेपाली रेलयात्रुहरूको सुविधाका लागि भारतीय अधिकारीलाइ ज्ञापन पत्र

26

विराटनगर, ३ पुष

नेपाली स्थानीय रेलका यात्रीहरूलाई जोगबनीबाट भारतकाे भित्री क्षेत्रमा जानका लागि लामो दूरीको रेल नहुनुको कारण असुविधा हुने गरेकाे भन्दै नेपाल भारत रेलयात्री सहजिकरण परामर्श यात्री समितिले जोगबनी रेलवे स्टेशनको प्रबंधक मार्फत मंडल रेल प्रबंधक कटिहार, रेल महाप्रबंधक मालेगांव भारतलाइ ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा दुई देश बीचको रेलयात्रीहरुको साझा विरासतसँग जोडिएर जोगबनी प्रयागराज एक्सप्रेस र कटिहार टाटा एक्सप्रेसलाई जोगबनी देखी कटिहार टाटा एक्सप्रेसको संचालन गर्नुपर्ने, जोगबनी रेलवे स्टेशनमा बहुभाषी पूछताछ केन्द्रको व्यवस्था हुनुपर्ने, महिला यात्रीहरूकाे सुरक्षाको लागि जोगबनी रेलवे परिसरमा महिला पुलिस बललाई खटाउनुपर्ने मांग सहित अन्य जनसरोकारको मुद्दाहरुसँग संबंधित मांग पत्र बुझाएको छ ।

नेपालको नागरिकहरुको रेल यात्रा अवधिमा बेला बेलामा रेलवे परिसरमा हुने असहज स्थितिको समन्वय गरी समाधानको लागि विभिन्न समस्याहरु गरि धार्मिक यात्रा विशेष रेल सञ्चालन गरिनुपर्ने माग गरिएकाे छ ।

नेपाल भारत रेलवे सहजिकरण यात्री परामर्श समितिबाट पप्पू अंसारी, गणेश कुमार साह, पवन कुमार साह, राजेश कुमार शर्मा, सुदीप भारती लगायतले माग पत्र बुझाएका थिए ।