नेपाली नक्कली नोट सहित पक्राउ

40

सर्लाही,

            हरिवन नगरपालिका-११ स्थित कार्की पुस्तक पसल अगाडिबाट १ हजार दरको ५० थान नेपाली नक्कली नोट सहित भारत सितामढी सोनवर्षा परछुहिया-९ घर बताउने ४० वर्षीय लालमोहन पासवानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरू सहित फेला पारी पक्राउ गरेको हो ।  

            यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।