नेपालमा फेक न्यूजको बढ्दो क्रममा संजाल, भारत विरुद्धको भाईरल भिडियोको सत्यता यस्तो छ

38
Like and share social media. Hands holding smartphone with social media network icons. Marketing concept.

काठमाडौ ।  विदेशी शक्तिको इशारामा समाजिक संजाल एवं यु ट्युवहरुमा फेक न्यूज राखेर भारत नेपाल बीच रहेको सम्बन्धलाई धुमिल पार्ने तत्वहरु अहिले निकै सक्रिय रहेको पाइएको छ ।
खास गरेर नेपालमा आफनो प्रभुत्व जमाउने र दक्षिण छिमेकी संग सम्बन्ध विगार्ने कार्यलाई भ्रामक एवं हुँदै नभएका समाचार एवं भिडियोहरु समाजिक संजालमा राख्ने कार्य बढेको पाइएपछि त्यसता भ्रामक समाचारको विश्वास गर्ने आधार पनि देखिदैनन् । त्यसता समाचार एवं भिडियोलाई सत्यता जाँच गरेर मात्रै अध्ययन गर्न जरुरी देखिन्छ ।
उत्तरी छिमेकी मुलुक चीनद्धारा प्रायोजित गरिएर प्रकाशित एवं प्रशारित गराइरहेका समाचार र भिडियो समाजिक संजालमा हाल्नेहरुको विश्वनियता माथि समेत प्रश्न चिन्ह खडा भएको विश्लेशकहरु बताउँछन् । फेक समाचार एवं साइवर क्राइमको क्षेत्रमा चीन विश्वमै अहिले बदनाम छ । पछिल्ला केही महिना देखि चिनियाँ अदृष्य शक्तिहरुद्धारा यस्ता साइवर क्राइम तथा फेक न्यूज समाजिक संजालमा राख्न लगाएर नेपाल भारत विचको सदियौं देखि कायम रहेको मित्रताको अटुट सम्बन्धमा खलल पुर्याउने तथा यहाँका नागरिकहरुलाई भारत प्रतिको भावनालाई विगार्ने कार्यमा सक्रिय रहेको पाइएको विश्लेशकहरुको राय रहेको छ । नेपालमा यस्तो फेक समाचार एवं भ्रामक भिडियोहरु माथि निगरानी राख्ने क्षमताको विस्तार गर्नुपर्ने उपयुक्त रहेको दखिन्छ ।
यस्ता फेक समाचार एवं भिडियो राख्नेहरु आधिकारिक धारण एवं स्थानको जानकारी दिदैनन मात्रै भारतलाई बदनाम गर्ने खालको समाचार हालेर नेपाली जनताहरुलाई भारत प्रति नकारात्मक भावना सृजना गर्ने मात्रै देखिन्छ ।
नेपाली सीमालाई भारतले मिच्यो, पिलर उखेर अन्यत्र सारियो भनेर केही दिन अगाडी राजन लिम्बु नामक आइडीबाट राखिएको भिडियोमा स्थान स्पष्ट छैन, ढुंगामा पिलर लेखेर राखिएको छ, प्राकृतिक सुन्दरताले भरिएको स्थानको भिडियो पोष्ट गरेर भारतलाई गाली दिने काम गरेकोबाट आम पाठकवृन्दहरु आधिकारीक मिडिया हाउसले प्रकाशित गरेको समाचार प्रति मात्रै विश्वास गर्नु अन्य फेक समाचारको पछि नलाग्नु समेत नेपाल भारत सम्बन्धि जानकार विजयकिशार झाले बताए ।
पाँचधर जिल्लाको फालुंग नगरपालिकामा भारतले सिमा मिच्यो भनेर राखिएको भिडियोको सत्यता बुझ्न तराई टपले पाचथर जिल्लाको प्रमुख जिल्ला अधिकारी संग सम्पर्क गर्दा प्रजिअ विदामा रहेको हुँदा निमित्त प्रजिअ गौरव ढुंगेलले यस जिल्लामा सीमा सम्बन्धी कुनै विवाद नरहेको बताए । उनले भने भारत संग जोडिएको सीमा सशस्त्र प्रहरीको विओपी रहेको छ, अहिले सम्म सीमा मिचिएको सम्बन्धनमा जानकारी प्राप्त नभएको हुँदा त्यसमा कुने सत्यता नरहेको बताए ।
निमित्त प्रजिअ ढुंगेलको भनाईबाट नेपाल र भारत विचको सम्बन्ध विगर्न विदेशी शक्ति सक्रिय रहेको स्पष्ट भएको छ । खास गरेर उत्तरी छिमेकी देश नेपालमा अस्थिरता सृजना गर्न र भारत संगको मित्रव्रत सम्बन्धलाई तोड्न्का निमित्त नागरिकको मनोभावना संग खेलवाद गरेर विगर्न सक्रिय रहेको हुँदा त्यसता समाचार, भिडियो आधिकारीक नभए सम्म विश्वास गर्ने कुनै आधार रहेको छैन ।
सीमा क्षेत्रका जनताहरु आफै चनाखो रहेको छ, सीमा मिच्ने त परै जाओस अन्य अवाञ्छित गतिविधि समेत हुन दिएको छैनन् । पछिल्ला केही समय यता नेपालमा फेक अनलाईन, फेक समाजिक संजाल मार्फत भ्रामक सचामार, भिडियोहरु अपलोड भईरहदा नेपाल सरकारको प्रेस काउन्सिलले पनि बार्षिक रुपमा अद्यावधिक गरेर सुचिकृत गर्न आह्वान गरिसकेको हुँदा आधिकारीक समाचार मात्रै विश्वास गर्न आम पाठकवृन्द समक्ष आग्रह सम्बन्धित निकायले गरेको छ ।