निशुल्क आखां सिविर तथा औषधि बितरण कार्यक्रम नवलपरासीको सुनवलमा सम्पन्न,

41

रामु भुसाल,

पश्चिम नवलपरासीको सुनवल मा एक दिने निशुल्क आखां सिविर तथा औषधि बितरण कार्यक्रम शनिबार सम्पन्न भयको छ।

सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड काे पाचौं बार्षिकाेत्सवकाे अवसरमा क्षेत्रि समाज नेपाल नवलपरासी महिला भातृ संगठन र ईन्स्याेरेन्स कम्पनीकाे सयुक्त आयोजना बुद्ध चस्मा घर परासीको प्राविधिक सहयोगमा सुनवल ८ बैरागनाथ मा सो शिबिर सम्पन्न भयेको हो।

बैरागनाथ मन्दिर ब्यबस्थापन समितिअध्यक्ष दिल बाहादुर थापाको अध्यक्षता सुनवल ८ का वडाध्यक्ष देव बाहदुर गुरुङको प्रमुखआतिथ्य यबम क्षेत्रि समाज नेपाल नवलपरासी का जिल्ला अध्यक्ष मनोज कुमार कार्की को बिशेश आतिथ्यता सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख अतिथी गुरुङले राज्य ले निशुल्क स्वास्थ,शिक्षा ,र रोजगारी को अनुभुती आफ्ना नागरिक लाई दिलाउन पर्ने भयपनी अहिले दिलाउन नसकेको बताउदै स्थानीय सरकार विभिन्न संघसस्था सङ हातेमालो गरेर सो काम गर्न चाहेको बताउनु भयो।

सो अबसर मा बिशेश अतिथी कार्की ले क्षेत्री समाज ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि सन्चालन गर्दै आयेको हुदा ग्रामीण स्थर मा स्वास्थ सम्बन्धि सचेतना फैलाउन यो कार्यक्रम को आयोजना गरिएको बताउदै,समाज ले कुनै पनि जाती, धर्म र बर्ग लाई विभेद नगरी सेवा गर्ने बताउनु भयो। कार्यक्रममा वडासदस्य मिरा खत्रि,नानू खड्का ,सिटिजन लाइफ का क्षेत्रिय प्रबन्धक नरेस सिग्देल,क्षेत्रि समाज का काेषाध्यक्ष हरि भण्डारी ,सुनवल नगर अध्यक्ष राजु के सि ,बुद्ध चस्मा घरका प्राेपाईटर देबेन्द्र चाैधरि, सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनीसि मेनेजर देव कुमारि घिमिरे लगा।यत ले मन्तब्य राख्नु भयेको थियो।

सो सिबिर मा १५५ जना ले आफ्नो आँखा परिक्षण गरायकोमा ६० जना मा मोतियाबिन्दु देखिएको नेत्र रोग विशेषज्ञ देबेन्द्र चाैधरिले जानकारी दिनु भयो। क्षेत्रि समाज भातृ संगठनका महिला अध्यक्ष बिमला अधिकारी आचार्य को स्वागत मन्तब्य रहेको कार्यक्रम को सन्चालन सिटिजन लाईफ ईन्स्याेरेन्स कम्पनी परासीका प्रबन्धक दिपक थापा क्षेत्रिले गर्नु भयेको थियो।