आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा चुनावमा प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोदकुमार चौधरीले विकास र परिवर्तन आफ्नो एक मात्र लक्ष रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेसको तर्फबाट पश्चिम नवलपरासीको प्रतिनिधि सभा १ बाट चुनावी मैदानमा उत्रिएका चौधरी अहिले मतदाताहरु सँगको भेताघाटमा निकै व्यस्त हुनुहुन्छ ।
चौधरीले आज छठ पर्वको अवसरमा सरावाल र प्रतापपुर का विभिन्न ठाउँमा आयोजना गरिएका कार्यक्रमहरुमा सहभागी हुँदै चौधरीले वर्षौं देखि विकासको पर्खाईमा रहेका नागरिकलाई अब वास्तविक विकासको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कुनै योजना बिना गरिएका विकास दीर्घकालीन र नागरिक मैत्री नहुने बताउँदै चौधरीले आफूले यस क्षेत्रको विकासका लागि स्पष्ट खाका तयार पारेको र सोही बमोजिम विकासका कार्य अगाडि बढाउने बताउनुभयो ।
आम मतदाताले अबको विकास को जिम्मेवारी आफूलाई सुम्पीनेमा विश्वस्त रहेको बताउँदै गठबन्धनको तर्फबाट चुनावी मैदानमा रहेका सबै उम्मेदवारलाई विजयी गराउन चौधरीले आग्रह गर्नुभएको हो ।





