नवलपुरका २७ वटा मतदान केन्द्रका मतपेटीका अझै मतगणना स्थल आईपुगेन

51
बिज्ञापन
नवलपरासी, मंसिर २२ ।
नवलपरासीको नवलपुरक्षेत्रको मतपेटीका कावासोती ल्याउने क्रम जारी रहेको छ । नवलपरासीको पहाडी गाउंपालिका बुलिङटार गाउंपालिका, बौदिकाली गाउंपालिका र हुप्सेकोट गाउंपालिका को गरी २७ वटा मतदान केन्द्रका मतपेटिकमा आउन बाकी रहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासीनीले जानकारी दिनुभयो ।
बाटोमा बिस्फोटक पदार्थ राखिएको हुनसक्ने आशंकामा सुरक्षाकर्मीले बाटोको जांच गर्दै मतपेटिका बोकेका गाडि ल्याउने गरेकाले पतपेटिका ल्याउन ढिलाई भएको उहांले बताउनु भयो ।
यस अघि मतदान सकिएलगतै मतपेटिका ल्याउने तयारी गरीएको भए पनि पहाडी कच्चि बाटो र बाटोमा कुनै सुरक्षा चुनौती आउन सक्छकी भन्ने आशंकमा रातिमा मतपेटिका नल्याईएको समेत उहांले बताउनु भयो ।
मतपेटिका १ बजे सम्ममा आएको खण्डमा दिउसो ३ बजेबाट मतगणना प्रारम्भ गर्न सकिने मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो ।
मतगणना स्थलमा सिसि क्यामेरा जडान गरीएको र गणनाको क्रममा कुनै अप्रिय घटना नहोस भन्नका लागि तारजाली समेत लगाउने तयारी गरीएको उहांले बताउनुभयो ।
Advertisement