दिनभर लकडाउन, रातभर तस्करी

14
बिज्ञापन
संजय कुशवाहा, नवलपरासी भदौ ४
बिश्व भरी फैलिएको कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट हुने उच्च जोखिम न्यूनिकरण गर्नका लागि नवलपरासी लगायत देशका विभिन्न जिल्लाका साथै पालिकाहरूमा पुनः लकडाउन (सिल) गरिएको छ ।
नेपालसंग सिमा जोडिएका भारतीय नाकाहरु पुर्ण रूपले सिल गरिएको छ । लकडाउनका कारण सबै मानिसहरु घर भित्रै बसिरहेका छन् । पश्चिम नवलपरासीमा भने भारतसंग सिमा जोडिएका मुख्य नाकाहरु पुर्ण रूपले बन्द भए पनि पक्लिहवा, गुठी परसौनी, धरमौली, बसहिया, हरखपुरा, भुजहवा लगायतका नाकाहरूमा तस्करी भने रोकिएको छैन ।
यसैगरी लकडाउनको मौका छोपी रातीको समयमा सिमा क्षेत्र बसेका भारतीय र नेपाली तस्करहरुले पश्चिम नवलपरासीमा यतिखेर तस्करी मुल हब बनाएर प्रयोग गर्दैछन । सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएकाे भनिए पनि रातीको समयमा बिना राेकटाेक तस्करी चरम सीमामा पुगेकाे छ ।
त्यसैगरी बुधबार राती प्रतापपुर गाउँपालिका वडा नं. ५ धरमौलीमा नेपालबाट अबैधरुपमा भारततर्फ लग्दै गरेको करिब ८० हजार मुल्य बराबरको ३७ बोरा मटर (केराउ) र १० हजार बराबर औषधी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलले बताए ।
बरामद गरिएको सामान मानिसहरुले साईकिकमा राखी लैजादै गर्दा सशस्त्र प्रहरीको टोलीलाई देखेपछि उनीहरु उक्त सामानहरु फाली भगेका थिए । नियन्त्रणमा लिइएको सबै सामान आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
Advertisement